अछामको चौरपाटी गाउँपालिका–१ का झंकर शाह काठमाडौंमा डेरामा बसेर पढ्दै थिए । दुई वर्षपछि भाइ नाता पर्ने चौरपाटीकै वीरेन्द्र शाह कोरियाली भाषा सिक्ने उद्देश्यले उनीसँग बस्न काठमाडौं आए ।
कोरियाली भाषा सिकिरहेका उनले पानी जहाज बनाउने कामका लागि भाषा दिएको भाषा परीक्षामा नाम निस्केको थिएन । भाषा परीक्षा पास नहुने धेरै साथीहरु कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को ग्वार्कोस्थित कार्यालयमा जाने भएपछि वीरेन्द्र पनि त्यसतर्फ गए ।
झंकरले परिवारलाई बताएअनुसार उनले आन्दोलनमा नजान भन्दा वीरेन्द्रले मानेका थिएनन् । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्र गम्भीर घाइते भए । उनको उपचारका क्रममा पाटन अस्पतालमा शुक्रबार नै मृत्यु भयो ।
वीरेन्द्रको मृत्युको खबर पाएपछि बुवा टेकबहादुर शाह शुक्रबार नै अछामबाट काठमाडौंतर्फ गएका छन् ।
https://www.youtube.com/watch?v=wOmHFctkZ5A
प्रतिक्रिया