ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिले “यःमरि पुन्हि तथा नारायण गोपाल स्मृती संध्या” हालै संयुक्त रुपमा मनाएको छ। कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुदै गुठिका अध्यक्ष उत्तम माकःजुले नेवाः समुदायको जात्रा, पर्ब, संस्कार सबै प्रकृति, स्वास्थ्य, बिज्ञानको साथसाथै समाजसंग पनि त्यतिकै गहिरो सम्बन्ध हुन्छ भन्नु हुदै यःमरि पुन्हि यसको ज्वलन्त उदाहरण हो भन्नु भयो। त्यसपछि गुठिका संस्थापक पूर्ब अध्यक्ष प्रकाश लाल प्रधानले चामलको पिठो बाट कलात्मक रुपमा बनाइएको दियोमा दीप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियो ।
यःमरि पुन्हि बारे प्रकाश पार्नु हुदै युबा समितिका संयोजक आयुश्ना श्रेष्ठले क्यानडामा नेवाः सस्कृति सिक्न पाएकोमा गौरब महशुस भएको बताउनु हुदै संस्कृति सम्बर्दन गर्न युबा समुदायको सहभागिता अपरिहार्य रहेको बताउनु भयो। यःमरिका बिभिन्न आयाम बारे प्रकाश पार्नु हुदै गुठिका महा सचिब डा. प्रज्वल प्रधानले यःमरि पुन्हिको शुरुवात, बनावत, सामाजिक एकता, भौगोलिक तथा पौष्टिकतासंग निकट सामिप्यता रहेको बताउनु भयो भने नेवाः समुदायमा ” प्रणय दिबस”को शुरुवात धेरै पहिलेदेखिनै भएको र सो दिबस यःमरि पुन्हिको भोलिपल्ट मनाइने गरेको पनि उहाँले जानकारि दिनु भयो। सोहि कार्यक्रममा गुठिका कार्यसमिति सदश्य डा.कृष्ण कायष्ठले यःमरि पुन्हिको महिमा, समुदाय, संस्कार, एकता ईत्यादि माथि केन्द्रित भै रोचक कबिता बाचन गर्नु भएको थियो।
सो कार्यक्रम पछि गुथिका संस्थापक अध्यक्ष प्रकाश लाल प्रधानलाई उहाँले गुठिमा अठार बर्ष सम्म नेतृत्व गर्नुको साथै संस्थाको बिकासमा महत्वपूर्ण योगदानको कदर गर्दै गुथिको तर्फ बाट सल्लाहकार लक्ष्मण मुनी श्रेष्ठले सम्मान पत्र प्र्दान गर्नु भएको थियो । सोहि कार्यक्रममा गुठिका बर्तमान अध्यक्ष उत्तम माकःजु तथा शान्ति कर्माचार्य माकःजुले संस्थापक अध्यक्ष प्रकाश लाल प्रधान तथा डा. रिद्दि प्रधान लाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने गुठिका द्वितिय उपाध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले दुबै जनालाई खादा ओढाई सम्मान गर्नु भएको थियो।
सो कार्यक्रम पछि यःमरि बनाउने तरिका प्रदर्शनमा गुठि महिला समूहको तर्फ बाट डा. रिद्दि प्रधान, मौसमि ताम्राकार, अणु श्रेष्ठ, श्रीजा श्रेष्ठले सहजिकरण गर्नु भएको थियो भने त्यसमा अतिथिहरु लगायत साना साना बालिकाहरुले पनि यःमरि बनाउनेमा सहभागिता जनाएका थिए।
यःमरि पुन्हि सम्बन्धि औपचारिक कार्यक्रम पछि स्वर सम्रात स्व. नारायण गोपालको सम्झना स्वरुप नारायण गोपाल स्मृति साँझ शुरु गरिएको थियो। सो कार्यक्रमको शुरुमा उत्तम माकःजु, नरेश ताम्राकार तथा बिनोद श्रेष्ठको टोलीले धिमे बाजा प्रस्तुत गरिएको थियो भने गुठिका द्वितिय उपाध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले स्वर सम्रात नारायण गोपालको जीबनी बारे प्रकाश पार्नु भएको थियो। तत्पश्चात लक्ष्मण मुनी श्रेष्ठ, प्रकाश लाल प्रधान, डा. हरि गुरुङ्ग, गोबिन्द घिमिरे, प्रतिक प्रधान, मिङमार शेर्पा, अमृत श्रेष्ठ, जलेन्द्र शाक्य, नरेश ताम्राकार,सुरेन्द्रलाल श्रेष्ठ, मधुर राजभण्डारी , महिला समुहका रंजना सैंजु, यशोदा श्रेष्ठ, अरुणा प्रधान, सुजिता मल्ल, शान्ति कर्माचार्य माकःजु लगायतले स्व. नारायण गोपालका लोकप्रिय कालजयी गीतहरु प्रस्तुत गरेका थिए भने उत्तम माकःजुले स्वर सम्रात द्वारा गाइएको नेवाः गीत ” तुयुगु भोँ जिगु” जिन्दगि खः” प्रस्तुत गरेका थिए।
सो कार्यक्रममा नेपाल जनजाति एसोसियसन क्यानडाका सभापति बीरकाजी गुरुङ्गले गुठिको कार्यक्रमको सराहना गर्नु हुदै आगामि जनवरी ७ मा तमु धिं क्यानडाको आयोजनामा हुने तमु ल्होसारको बारे प्रकाश पार्नु भयो। कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक बिनोद श्रेष्ठले सो कार्यक्रमको सफलताको लागि सहयोग गर्नु हुने कलाकारहरु लगायत सबैमा हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो। कार्यक्रममा यःमरि सम्बन्धि खुल्ला हाजिरि जवाफ आयोजना गरि बिजेताहरुलाई यःमरि पुरस्कार प्रदान गरिएको थियो भने अतिथिहरुलाई नेवाः परम्परा अनुसार यःमरि, चिउरा, छोयला लगायतको खाजाको ब्यबस्था गरिएको थियो।
प्रतिक्रिया