गायक गोबिन्द घोरासैनीको मौलिक लोकदोहोरी ए घोप्टे गीत सार्वजनिक भएको छ । यस गीतका निर्देशक उमेश कार्की युके हुन भने गोबिन्द घोरासैनीको अफिसियल (आधिकारिक) च्यानलबाट यो गीत सार्वजनिक गरिएको छ।
गीतको बोल ए घोप्टे रहेको छ भने उक्त गीतका गायक गोबिन्द घोरासैनी तथा गायिका शारदा रसाईली हुन् । शब्द अशोक कुमार सापकोटाको रहेको छ भने सङ्गीत सन्तोष बिसीले गरेका हुन् । गीत एरेन्ज नारायण दंगाल तथा मिक्सिङ्ग मनोज परियारले गरेका छन् ।
यो गीत म्युजिक प्लसमा रेकर्ड गरिएको हो । उक्त गीतमा नव कलाकार पुनम अधिकारी बस्नेत तथा हरि प्रसाद भट्टराई (नविन)ले अभिनय गरेका छन् ।
यो गीत पुरा सुन्न यहाँ थिच्नु होला :
प्रतिक्रिया