मौसम गुरुङ र शान्ती श्रि परियारको “कि मायाले मेरै हौ भन” सार्वजनिक

इनेप्लिज २०८० पुष ८ गते १७:५९ मा प्रकाशित

नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक मौसम गुरुङको नयाँ लोक दोहोरी गीत “कि मायाले मेरै हौ भन” नामक गीत डिजिटल बजारमा सार्वजनिक भएको छ।

लामो समय देखि गीत संगीत क्षेत्रमा सक्रिय गायक गुरुङका यश अघिका सिर्जना लाईपनि दर्शक श्रोताले निकै रुचाएका पनि छन ।

मौसम गुरुङ र शन्ती श्रि परियारको आवाजमा रहेको “कि मायाले मेरै हौ भन” गीत सार्वजनिक भएको छोटो समयमै दर्शक श्रोताले निकै रुचाएको देख्न सकिन्छ ।

रत्न पुन मगरको शब्द सिर्जनामा रहेको सो गीतको म्युजिक गायका गुरुङले नै भरेका छन । सितल सिजन डिजिटल प्रा.ली ले तयार पारेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन दिप गुरुङले गरेका छन भने बिजय लामाको छायांकनमा तयार भएको भिडियो सम्पादन भने बिष्णुहरि तिमिल्सिनाले गरेका छन ।

उक्त गीतको भिडियोमा आनन्द गुरुङ, गणेशमान घले, सुरज गुरुङ, आशिष गुरुङ, लक्ष्मी गुरुङ, आरुषि मगर, जुना गुरुङ ,रीना गुरुङ, अन्जु गुरुङ , सुस्मिता गुरुङ र साथीहरुलाई देख्न सकिन्छ । गीत मौसम गुरुङको आफ्नै YouTube च्यानल बाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया