दुविधामा नयाँ पीढी

इनेप्लिज २०८० पुष १ गते २३:४४ मा प्रकाशित

सुनिता बस्नेत थापा

नेपाली चाडबाड संघारबाट निस्किंदा निस्किदै स्थानिय चाडबाड अटसमटस गरि भित्रिएका छन्।

यिनको आगमनसंगै हामीले नयाँ पुस्ताको मानसिकतामा सांस्कृतिक दुविधाको विजारोपण गरिदिने गरेका छौं भन्दा अतिशयोक्ति नहोला।

कसैले मनोरंजनको रुपमा त कसैले देखासिकी गरेर या कसैले सन्तानहरुलाई खुशी पार्नको लागि पनि स्थानिय चाडबाड तामझाम सहित मनाएको देखिन्छ।स्थानिय वातावरण नै उल्लासमय भएको बेलामा आफु र आफ्ना साना छोरा छोरीलाई त्यो रमझमबाट अछुत बस्न/राख्न गार्हो नै हुन्छ।

तर आफ्नो परिचय, मुल्य मान्यता र संस्कृति नै एक दह्रो कडी हो भन्ने कुरा मनन हुन अति आवश्यक हुन्छ। अरुको आस्थालाई सम्मान गर्न त्यहि भिडमा सॅलग्न हुनु पर्छ भन्ने होइन नि बरु उनिहरुलाई सहज बनाई दिन त्यो दिनमा आफ्ना सहकर्मीहरुको काम गरिदिन सक्छौं।

यहि नै होइन र धार्मिक सहिष्णुता? प्रविधिको विकाससॅगै संसार सॅाघुरिएको छ। एकार्कामा सजिलै पहुंच पुगेको छ। सामाजिक संजाल एवं अन्य संचारका माध्यमले जो कसैको पनि कृयाकलाप सजिलै देख्न सकिन्छ। चिनजान, आफन्त, मित्रहरुसॅग सहजसॅग जोडिदिएको छ भने कतिपय अवस्थामा देखाउन कै लागि पनि तडक भडक, देखासिकीले प्रश्रय पाएको देखिन्छ।

यहि नै होइन र धार्मिक सहिष्णुता? प्रविधिको विकाससॅगै संसार सॅाघुरिएको छ। एकार्कामा सजिलै पहुंच पुगेको छ।

देखासिकी गर्नु भनेको आफु खोक्रो हुनु हो। गुदी विनाको फल हेर्नलाई राम्रो होला तर त्यस्को महत्व नै हुंदैन।आफ्नो अस्तित्वको लागि पनि आफ्ना मुल्य मान्यतालाई जोगाइ राख्नु र आफ्ना सॅतानमा सतानान्तरण गर्नुमा दिगो अस्तित्व कायम हुन सक्छ। संसारको जुनसुकै कुनामा पुगे पनि हाम्रो परिचय नेपाली नै हुन्छ र हाम्रा नयॅा पुस्ता नेपाली मुलका अमेरिकन/अस्ट्रेलियन/युरोपियन आदि इत्यादि हुन्छन्।

अनि हाम्रो विशेषता, परिचयको आधार नै हाम्रो सॅस्कृति हुन्छ। साथै कालान्तरमा नेपालीहरुलाई परम्पराको कडीले दर्हो आधार दिन सक्छ। भाइटीकाको मॅडपको डोब नहराउंदै, त्यही क्रिसमस ट्रि राखेर चाड मनाउंदा हाम्रा सन्ततिले भोलि कुन मुल्य मान्यता समात्लान्? या क्रिशमस ट्रि राखेर स्यान्टाको गिफ्ट खोलेको ठाउमा दशैंको ‘जयन्ती मंगलाकाली’ भन्दा नयाँ पुस्ताले आफ्नो परम्परा कुन हो भन्लान् ??

या क्रिशमस ट्रि राखेर स्यान्टाको गिफ्ट खोलेको ठाउमा दशैंको ‘जयन्ती मंगलाकाली’ भन्दा नयाँ पुस्ताले आफ्नो परम्परा कुन हो भन्लान् ??

विविध कारणवस विदेशिएका हामी जस्ता नेपालीका नयॅा पुस्तालाई आफ्नो संस्कृति र संस्कार सँगसंगै स्थानीय संस्कृतिको अनुकरण सहित दोधारमा हुर्काएको आभाष हुन्छ।

(कुनै पनि धर्म संस्कृति बिरुद्धको लेख होइन। नयाँ पींढीमा आईडेनटीटी क्राइसीस अर्थात् पहिचान संकटनहोस् भन्ने हेतु हो)

प्रतिक्रिया