जापानमा घातक दुर्घटनामा ३ वर्षको कारागार सजाय भोगिरहेका नौसेना अधिकारी अमेरिकी हिरासतमा र अमेरिका ल्याइने

इनेप्लिज २०८० मंसिर २८ गते १७:५५ मा प्रकाशित

जापानमा घातक दुर्घटनामा ३ वर्षको कारागार सजाय भोगिरहेका नौसेना अधिकारी अब अमेरिकी हिरासतमा रहेको सिविएसन्यूजले जनाएको छ ।

 दुई जापानी नागरिकको मृत्यु भएको घातक निजी गाडी(कार) दुर्घटनामा जापानमा झ्यालखानामा परेका एक नौसेना अधिकारीलाई अमेरिकी हिरासतमा सारिएको छ भने उनलाई संयुक्त राज्य अमेरिका फर्काइने उनको परिवारले बिहीबार बताएका छन ।

नौसेनाका अधिकारी रिज अल्कनोइसले मे २०२१ मा एक वृद्ध महिला र उनका ज्वाइँको लापरवाहीपूर्वक हाकेकोले मृत्यु भएकोले दोषी ठहर गरेपछि ३ वर्षको कैद सजाय भोग्दै आएका छन ।

५०७ दिन पछि अल्कोनिस संयुक्त राज्य अमेरिका फर्कदै छन  । 

रिजको संयुक्त राज्य अमेरिकामा स्थानान्तरणबाट उनका परिवारहरु उत्साहित भएको सिविएसले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया