जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका अमेरिकी पत्राक्र इभान गेर्शकोविचले बिहीबार कारागारबाट रिहा हुने अपील गुमाएका छन् र कम्तीमा जनवरी ३० सम्म हिरासतमा रहने एबिसीन्यूजले समाचार लेखेको छ ।
३२ वर्षीय गेर्शकोविचलाई मार्चमा मस्कोबाट करिब २,००० किलोमिटर (१,२०० माइल) पूर्वमा रहेको रुसी शहर येकातेरिनबर्गको समाचार संकलन (रिपोर्टिङ)यात्राको क्रममा पक्राउ गरिएको थियो।
रुसको संघीय सुरक्षा सेवाले उनले अमेरिकी पक्षको निर्देशनमा कार्य गर्दै, रूसी सैन्य-औद्योगिक परिसरको एक उद्यमको गतिविधिको बारेमा राज्य गोप्य जानकारी संकलन गरेको भन्दै पक्राउ गरेको थियो र त्यहाँ देखि हाल सम्म उनि कारागारमा छन् ।
नोभेम्बर २८ मा मस्कोको लेफोर्टोभो जिल्ला अदालतले उनको हिरासतलाई जनवरीको अन्त्यसम्म लम्ब्याउने निर्णय गरेको थियो र गेर्शकोविचले उक्त फैसलाविरुद्ध दायर गरेको अपीललाई बिहीबारको सुनुवाइमा मस्को शहर अदालतले खारेज गरेको छ ।
गेर्शकोविच र वाल स्ट्रिट जर्नलले उक्त आरोपहरू अस्वीकार गर्छन् । अमेरिकी सरकारले उनलाई गलत रूपमा हिरासतमा राखेको घोषणा गरेको छ। रूसी अधिकारीहरूले जासुसी आरोपहरूका कुनै प्रमाणहरू विस्तृत गरेका छैनन्।
अमेरिकी समाचारका लागि मस्को संवाददाता निकोलस ड्यानिलोफलाई केजीबीले गिरफ्तार गरेपछि गेर्शकोविच रूसमा जासुसीको आरोप लाग्ने पहिलो अमेरिकी रिपोर्टर हुन्। उनलाई मस्कोको लेफोर्टोभो कारागारमा राखिएको छ।
प्रतिक्रिया