अमेरिकाद्वारा हमासका ८ अधिकारीमाथि नयाँ प्रतिबन्ध

इनेप्लिज २०८० मंसिर २७ गते १७:५२ मा प्रकाशित

अमेरिकाले हमासका अधिकारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ ।

इजरायलमा अक्टोबर ७ मा भएको हमलापछि अमेरिकी सरकारले बुधबार हमासका ८ अधिकारीलाई आफ्नो पछिल्लो दण्डात्मक कदममा प्रतिबन्ध लगाएको छ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्ट( धनसार विभाग)को नयाँ चरणको प्रतिबन्धले प्रमुख अधिकारीहरूलाई लक्षित गरेको छ। 

प्रतिवन्धमा पर्ने अधिकारीहरुमा इस्माइल बरहुम, हमासको राजनीतिक विभागका सदस्य हुन जसले “क्षेत्रीय वित्त विभाग प्रमुखको रूपमा काम गरेका छन्”

हमासको जेरुसेलम कार्यालयका प्रमुख हारून नासेर अल-दिन, जो “टर्कीमा हमासको प्रमुख वित्तीय सॅचालकहरु मध्ये एक थिए”।

यसै गरि अली बारका, लेबनान स्थित हमासको राष्ट्रिय सम्बन्ध विदेशमा प्रमुख तथा जिहाद याघमोर जो टर्कीमा हमासको आधिकारिक प्रतिनिधि हुन । बेलायतकौ समन्वयमा बुधबार प्रतिबन्धहरू लगाइएको छ ।  अक्टोबर ७ देखि अमेरिकाले लगाएको यो चौथो चरणको प्रतिबन्ध हो।

प्रतिक्रिया