अन्तर्राष्ट्रिय मुलुकहरुले राजावादीहरुलाई विश्वास गर्न सकेनन !

इनेप्लिज २०८० मंसिर २६ गते १०:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुलुकका नेताहरूले राजसंस्थाको एजेन्डा लिएको कमल थापा, राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र दिपक सिंह आदि इत्यादि कोही माथी पनि विश्वास र भरोसा गर्न सकेनन ।

मुलुकमा आफुलाई राजावादी भन्ने हरुको राजनीतिक पार्टीहरु थुप्रै छन । राजावादी पार्टीहरुलाई एक आपसमा मिल्न नदिने पनि दरबारियाहरु नै हुन । कुनै पनि राजावादीहरुको एजेन्डा भने स्पष्ट छैन भन्नलाई आफुलाई राजावादी भन्ने गणतान्त्रिक सरकारमा सामेल हुने !! विगतमा कमल थापा र राजेन्द्र लिंगदेन हेरियो राजावादी भन्ने पद पाउने बित्तिकै गणतान्त्रिक सरकारमा सामेल हुने !! वर्तमानमा राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा, पशुपतिशमशेर राणा, प्रकाश चन्द्र लोहनी र दिपक सिंहलाई हेरियो पद पाउने बित्तिकै गणतान्त्रिक सरकारमा सामेल हुने !! राजसंस्थाको एजेन्डा बोकेका राजावादी भनौंदाहरुले राजसंस्थाको लागि नै सडक र सदन दुवै तताउनु पर्नेमा पदको लागि गणतान्त्रिक सरकारमा सामेल हुन जान्छन ।

कमल थापा, राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा, पशुपतिशमशेर राणा, प्रकाश चन्द्र लोहनी र दिपक सिंह आदि इत्यादि जस्ताले आफुलाई राजावादी भन्ने एमाले, माओवादी र कांग्रेस पार्टी जुनसुकै पार्टीको गणतन्त्रबादी सरकारमा सामेल हुन्छन । संघीय निर्वाचनमा सातवटा प्रदेशमा उम्मेदवारी दिन्छन । कस्तो राजावादीहरु हुन ? माथी नाम उल्लेखित राजावादीहरुले राजसंस्थाको नाममा सबैलाई धोका दिई रहेका छन ।

सक्कली राजावादी हरुलाई कमल थापा, राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा, पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनी र दिपक सिंह आदि इत्यादि जस्ताले झुक्याई रहेका छन । कमल थापा, राजेन्द्र लिंगदेन, ज्ञानेन्द्र शाही, धवल शमशेर राणा, पशुपतिशमशेर राणा, प्रकाश चन्द्र लोहनी र दिपक सिंह आदि इत्यादि जस्ता आफुलाई राजावादी भन्नेहरुको नियतमा खोट देखिन्छ । राजसंस्थाको एजेन्डा स्पष्ट लिएको देखिन्न नाम मात्रको राजावादीहरु हुन । दुर्गा प्रसाईंले पनि राजा ल्याउनको लागि मंसिर ७ गते बाट काठमाडौंमा आन्दोलनको शुरुआत गरेका थिए भने झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न राजा ज्ञानेन्द्र शाहलाई राजेन्द्र लिंगदेनले सहयोग गरेका थिए । दुर्गा प्रसाईं र राजेन्द्र लिंगदेन राजावादी हुन भने दुवै जना एक आपसमा मिलेर काठमाडौंमा आन्दोलन गर्न सकेनन किन ? मंसिर ७ गतेको कार्यक्रमलाई दुर्गा प्रसाईंले घोषणा गरि सकेपछि राजेन्द्र लिंगदेनले दुर्गा प्रसाईंलाई सहयोग गर्नुपर्ने थियो तर गरेनन दुर्गा प्रसाईंको मंसिर ७ गते देखि काठमाडौंमा शुरुआत हुने कार्यक्रमलाई कम्जोर बनाउन खोजियो । हुन त राजेन्द्र लिंगदेनको विचार स्वतन्त्रता सबैको आ आफनो हुन्छ । दुर्गा प्रसाईंले काठमाडौंमा मंसिर ७ गतेको कार्यक्रम घोषणा गरि सकेपछि राजावादीहरु एक आपसमा मिल्न सकेनन किन ? राजावादीहरुमा नै एक आपसमा फुट छ ।

सेनाहरुको साथ र समर्थनले मात्र गणतन्त्र समाप्त हुन्छ । मुलुकमा सेनाहरुको साथ र समर्थन बिना गणतन्त्र समाप्त हुँदैन मात्र दिवा सपना हो । सेनाहरुले साथ नदिईकन जति आन्दोलन गरे पनि !! जति मिहिनेत गरे पनि !! जति फुर्ति लगाए पनि !! जति मै हुँ भने पनि !! राजा ज्ञानेन्द्र शाह आउन असंभव छ अर्थात राजसंस्था फर्कन असंभव छ । सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई समर्थन र सहयोग नगर्ने होईन सेनाहरुले समर्थन र सहयोग गर्थे ? तर यथार्थमा सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह वरिपरिका केही मध्यस्थकर्ता र केही सल्लाहकारहरूलाई सहयोग र समर्थन नगरेको हो अर्थात सेनाहरुले राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहलाई घेराबन्दी गरिरहेका केही मध्यस्थकर्ता र केही सल्लाहकारहरूलाई समर्थन र सहयोग नगरेको हो ।

वास्तविक राजावादीहरुले मनन गर्नुपर्ने र बुझ्नुपर्ने कुराहरू । राजावादी हरुलाई एक आपसमा मिल्न नदिने र फुट गराउने तत्वहरु को को हुन ? राजावादी हरुलाई भाँडन खोज्ने तत्वहरु को को हुन ? राजा ज्ञानेन्द्र शाह परिवारलाई असफल बनाउने तत्वहरु को को हुन ? पत्ता लगाउन र पहिचान गर्न अपरिहार्य छ । सर्वप्रथम राजा ज्ञानेन्द्र शाह परिवारलाई घेरा भित्र पारी राखेका विभिन्न तत्वहरुलाई परास्त गरि राजा ज्ञानेन्द्र शाह परिवारलाई जनता बीच लिएर आउन आवश्यक देखिन्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया