गाजामा इजरायली आक्रमणमा हमासका २ वरिष्ठ सदस्य मारिए :  आइडीएफ

इनेप्लिज २०८० मंसिर २१ गते १७:५६ मा प्रकाशित

गाजामा इजरायली आक्रमणमा हमासका २ वरिष्ठ सदस्य मारिएको आइडीएफले दावी गरेको छ । 

इजरायल रक्षा बलले बिहीबार एक विज्ञप्ति जारी गरी गाजामा इजरायली आक्रमणमा “केही दिन अघि” हमासका दुई वरिष्ठ सदस्य मारिएको जनाएको छ ।

अब्देल अजिज रन्तिसी जो हमासको सैन्य जासुस इकाईका एक वरिष्ठ सॅचालक हुन् । 

अर्का वरिष्ठ सदस्य अहमद एयुश हमासको केन्द्रीय गुप्तचर हुन भने उनि केन्द्रिय गुप्तचर केन्द्रमा गरिएको आक्रमणमा मारिएको इजरायली सेनाले बताएको छ ।

यो केन्द्रले गाजा भूभागमा क्षेत्रीय जासुस संकलन गर्न जिम्मेवार रहेको  र  आईडिएफ सैनिकहरूमा आक्रमणलाई समर्थन गर्दै लडाई गतिविधिहरू निर्देशित गर्न हमासको लागि महत्त्वपूर्ण रणनीतिक केन्द्रको रूपमा सेवा गर्यो भनि विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया