स्थानीय तहमै सिकलसेल एनिमिया रोगको उपचारको व्यवस्था मिलाउछौंः मन्त्री साउँद

वीरेन्द्र रावल २०८० मंसिर २० गते ११:२५ मा प्रकाशित

धनगढी, मंसिर २०÷सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले स्थानीय तहमै सिकलसेल एनिमिया रोगको उपचारका लागि व्यवस्था मिलाउने बताएका छन् । सुदूरपश्चिम प्रदेशको संवाद समूहले धनगढीमा मंगलबार सिकलसेल एनिमियाको अवस्थाबारे सरोकारवालाहरुको संयुक्त संवादमा मन्त्री साउदले यस्तो बताएका हुन् ।

सिकलसेल एनिमिया चौधरी समुदायमा मात्रै नभएर बसाईसराईसँगै अन्तरजातिय विवाहले गर्दा अन्य समुदायमा पनि देखिन थालेको मन्त्री साउद बताए । सिकल सेलको न्युनिकरण, निमुलिकरणका लागि केही स्थानीय तहहरुसँग समन्वय सहकार्य गरेर विभिन्न कार्यक्रम समेत गरिएको उनले बताए । सिकलसेलको उपचारका लागि केही पालिकाहरुमा परिक्षणका लागि उपकरण समेत वितरण गरिएको मन्त्री उनले बताए ।

सिकल सेल न्युनिकरणका लागि चौधरी समुदायको भलमन्सासँग समन्वय सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मन्त्री साउद बताए । उनले सेती प्रादेशिक अस्पतालमा विगतको भन्दा अहिले निकै सुधार समेत भएको उनले बताए । सेतीमा उपचार गराउन आउने बिरामीहरुलाई औषधीलगायत उपचार गराउन समेत लाइन बस्नुपर्ने बाध्यलाई समेत व्यवस्थित गरेको मन्त्री साउदले बताए ।

सिकलसेलका बिरामीहरुलाई सेती प्रादेशिक अस्पतालमा छुटै चेकजाँच लगायत औषधी लिन व्यवस्था समेत गर्न उनले बताए । संघ–संस्थाहरुसँग सिकलसेल न्युनिकरण निवारणका लागि सरकार हातेमालो गर्न समेत तयार रहेको उनले बताए ।

कार्यक्रममा काँग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले सेती प्रादेशिक अस्पतालमा सिकल सेलका बिरामी लगायत अन्य बिरामीहरु समेत एउटै लाइनमा लाग्दा सिकल सेलका बिरामीहरुलाई धेरै समस्या हुने गरेको बताए । उनले सिकल सेलका बिरामीहरुलाई छुटै चेकजाँच लगायत औषधी लिने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग समेत गरे । प्रदेश सरकारले सिकलसेल सम्बन्धी अलगै ऐन ल्याउनुपर्ने उनले बताए ।

सिकलसेल एनिमिया बिरामी धनगढी उपमहानगरपालिका वडा नम्बर १५ की राधिका चौधरीले नियमित चेकजाँच गरेर सेती प्रादेशिक अस्पतालबाट औषधी खाने गरेको बताइन् ।

सरकारले उपचारका लागि एक लाख रुपैयाँ दिएको र त्यसैले उपचार गराउदैँ आइरहेको उनले बताइन् । ज्याला मजदुरी गर्न ग¥यो भने थकाइ लाग्ने हात खुट्टा दुख्ने लगायत समस्या हुने गरेको उनले बताइन् ।

स्थानीय सरकारले उपचार खर्च दिएको भएपनि यातायात खर्च नदिदा निकै समस्या हुने गरेको उनको भनाइ छ । औषधी उपचार गर्न गयो भने एउटै लाइनमा लाग्नुपर्ने समस्या रहेको उनले बताइन् । प्रदेश सरकारले आफूहरु जस्ता बिरामीलाई अस्पतालमा छुटै औषधी उपचार गर्न व्यवस्था मिलइदिनुपर्ने उनको माग छ ।

थारु कल्याणकारिणी सभा कैलालीका निबर्तमान सभापति माधव चौधरीले सिकल सेल एनिमिया रोग थारुमा मात्रै लाग्ने यो रोग भन्दै केही द्धोन्द समेत भएको बताए । यो रोग के कस्तो हो भनेर सरकारले खोजीनिती गर्नुपर्ने उनको माग छ । यस रोगलाई रोकथामका लागि सरकारका विभिन्न निकायहरुलाई समेत ज्ञापनपत्र बुझाएको उनले बताए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया