इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु, १२ बेपत्ता

इनेप्लिज २०८० मंसिर १८ गते १२:२७ मा प्रकाशित

इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा अत्यधिक सक्रिय ज्वालामुखी विष्फोट हुँदा ११ जना आरोहीको मृत्यु भएको छ र अन्य दर्जनौं बेपत्ता भएका छन् ।

अधिकारीहरूले सिएनएनलाई बताए अनुसार इन्डोनेसियामा १२७ सक्रिय ज्वालामुखीहरू छन् । संसारको कुनै पनि ठाउँमा भन्दा धेरै ज्वालामुखीहरू छन् । र माउन्ट मारापी देशको सबैभन्दा सक्रिय मध्ये एक हो भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

२,८९१ मिटर अग्लो ज्वालामुखी आइतवार विस्फोट भएको थियो । ज्वालामुखीको खरानी निस्क्यो र आकाशमा धुवाँको विशाल मुस्लो जताततै फैलिएको छ ।

यस क्षेत्रमा विस्थापन भइरहेको छ भने पश्चिम सुमात्राका खोज र उद्धार टोलीका प्रमुख अब्दुल मलिकले सिएनएनलाई बताए । ४० जना उद्धारकर्ताहरूको टोली हाल पहाडमा रहेको बताउँदै विस्फोटहरू भइरहेका छन्।

मृत्यु भएका ११ बाहेक, तीन पर्वतारोहीहरू जीवित फेला परेका छन् तर अन्य १२ जना बेपत्ता छन् । उनीहरूको अवस्था अज्ञात छ।

सोमबार बिहान जारी गरिएको अध्यावधिक अनुसार आरोही सहित कुल ७५ जनालाई उद्धार गरिएको छ भने घाइतेहरूलाई अस्पताल पठाइएको छ।

प्रतिक्रिया