अमेरिकी नौसेना युद्धपोतले लाल सागरमा मानवरहित यान खसाल्यो

इनेप्लिज २०८० मंसिर १७ गते २२:०४ मा प्रकाशित

अमेरिकी नौसेना युद्धपोतले लाल सागरमा मानवरहित यान खसालेको छ । मध्य पूर्वमा पछिल्लो आक्रमणमा नौसेना युद्धपोतले मानव रहित यान खसालेको हो ।

व्यापारिक जहाजहरूमा पनि आक्रमण भएको अमेरिकी अधिकारीले बताए । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा एउटा मालसामान ढुवानी गर्ने पानी जहाज कब्जा पनि गरे र त्यसका चालक दललाई बन्धक बनाएको अधिकारीहरूले भने।

आइतबार लाल सागरमा रहेको अमेरिकी नौसेनाको जहाजले हुथी विद्रोहीद्वारा नियन्त्रित यमनका क्षेत्रहरूबाट आफ्नो दिशातर्फ जाने धेरै मानवरहित यान (ड्रोन)हरूलाई खसालेको अमेरिकी अधिकारीले बताए।

पेन्टागनले एबीसी न्यूजलाई जारी गरेको विज्ञप्तिमा थप जानकारी उपलब्ध हुनेवित्तिकै उपलब्ध गराइने समाचारमा उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हामीलाई लाल सागरमा युएसएस कार्नी र व्यावसायिक जहाजहरूमा आक्रमणको बारेमा विवरणहरू थाहा छ।”

एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार यमनमा हुथीहरूबाट प्रहार गरिएको एउटा प्राक्षेपिक क्षेप्यास्त्र लाल सागरमा एक व्यापारी जहाजको छेउमा खसेको थियो । यूएसएस कार्नी नजिकै झरेको थियो । जहाजले प्रतिउत्तर दियो भने कसैलाई चोटपटक नलागेको अधिकारीले बताए ।

प्रतिक्रिया