अमेरिकी कांग्रेसले शुक्रबार न्यूयोर्कका रिपव्लिकन दलका जन प्रतिनिधि सॅासद जर्ज सान्तोसलाई निष्कासन गर्ने पक्षमा मतदान गर्दै सॅासद पदबाटै हटाएको छ ।
प्रतिनिधि सभाको दुई तिहाइ भन्दा बढीले उनको कार्य, उधारोपत्र( क्रेडिट कार्ड) काण्ड, निर्वाचन अभियानमा उठाएको कोष रकम हिनामिना लगायत २३ बटा आरोप खेपिरहेका सॅासदलाई हटाएका छन ।
पहिलो कार्यकालका रिपब्लिकन कंग्रेसका सहकर्मीहरूद्वारा निष्कासित हुने सदनको छैटौं सदस्य मात्र हुन्। निष्कासनका लागि सदनको दुई तिहाइको समर्थन आवश्यक परेको थियो भने निष्कासन गर्ने पक्षमा ३११ र हटाउनु हुदैन भन्ने पक्षमी ११४ मत परेको थियो । उनि तेस्रो पटकमा निष्कासनमा परेका हुन।
लगभग तीन चौथाई सदनले सान्तोसलाई भारी द्विपक्षीय मतदानमा निष्कासन गर्न मतदान गर्यो। यो अघि २००२ मा पनि एक सॅासदलाई निष्काषन गरिएको थियो । उनको निर्वाचन क्षेत्रमा अव अर्को निर्वाचन हुनेछ ।
उनि मध्यावधि चुनावमा बिजयी भएका थिए ।
प्रतिक्रिया