न्यूज पब्लिकेसन्स् प्रालि ४० वर्षमा प्रवेश

इनेप्लिज २०८० मंसिर १५ गते १०:५४ मा प्रकाशित

विभिन्न आरोह–अवरोह पार गरी चुनौतीलाई छिचोल्दै कामना न्यूज पब्लिकेसन्स् प्रालि आजदेखि ४० वर्षमा प्रवेश गरेको छ । पञ्चायत शासनव्यवस्था कै अवस्थामा र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न नसकिने बेलामा यसका संस्थापक अध्यक्ष पुष्करलालश्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नयाँ प्रयोग गरेर २०४१ साल १५ मंसिरमा आजैका दिन यो पब्लिकेसन्स्को स्थापना गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले वर्षको एउटा दुईटा पनि फिल्म नबन्ने समयमा फिल्म क्षेत्रलाई नै लक्षित गरी कामना मासिक पत्रिका शुरू गर्नु भएको थियो । यो प्रयास आफैंमा निकै चुनौतीपूर्ण भए पनि अन्ततः फिल्म क्षेत्रमा मात्रै नभएर सिंगो सञ्चार क्षेत्रमा नै एउटा कोशेढुंगा सावित भयो ।

अहिले पब्लिकेसन्स् ४० वर्षमा प्रवेश गरिरहँदा मुलुकमाआर्थिक संकट विद्यमान रहेको र सिंगो सञ्चार जगत्समेत समस्याग्रस्त अवस्थामा छ । यस्तो स्थितिमा पनि नियमित आकारमै १ सय ३२ पेजको ऐतिहासिक र संग्रहणीय विशेषाङ्क प्रकाशन गर्न सफल भएका छांै । यो आफैंमा छापा सञ्चार माध्यममा एउटा नयाँकीर्तिमानी पनि हो ।

हाम्रो यो अभियानले आमसञ्चारकर्मीलाई आशाको किरण जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छांै। निजी क्षेत्रको सबैभन्दा जेठो प्रकाशन गृहका रूपमा रहेको यस पब्लिकेसन्स् व्यावसायिक पत्रकारितालाई निरन्तर अघि बढाउँदै नयाँ सोच र सिर्जनाका साथ अघि बढिरहेको छ । हामीले व्यावसायिक धर्मलाई सदा कायम राखेका छौं । राष्ट्र, राष्ट्रियता, सामाजिक सहिष्णुता र जातीय सद्भावका पक्ष तथा मुलुकमा सुशासन कायम गराउने कार्यमा हामीले सदैव समर्पित भएर कार्य गरिरहेका छौं। साथै, मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, मनोरञ्जन, खेलकुद, सांस्कृतिक, विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छौं ।

कामना न्यूज पब्लिकेसन्स्ले कामना सिने मासिकसँगै क्रमशः साधना मासिक, महानगर दैनिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, न्युज अफ नेपाल अनलाइनजस्ता सशक्त सञ्चारमाध्यमलाई निरन्तर सञ्चालनमा ल्याएको हो। यसप्रतिआदरणीय पाठक वर्गको अथाहमाया–ममता, स्नेह प्राप्तभइरहनु हाम्रो लागि गर्वको विषय हो। साथै, हामीले वार्षिक रूपमा देशकै सबैभन्दा ठूलो कामना फिल्म्स् अवाड्र्स पनि सञ्चालन गर्दै आइरहेको स्मरण गराउँछौं ।

यसले हामीलाई थप खुसी र रोमाञ्चकता थप्नुका साथै जिम्मेवारी बोध पनि गराएको छ । हाम्रा प्रकाशनले विभिन्न रेकर्ड राख्दै आइरहेका छन्। जसअनुसार नेपालकै पहिलो फिल्म म्यागजिनका रूपमा कामना, खोजमूलक पत्रकारितागर्ने पहिलो म्यागजिनका रूपमा साधना तथापहिलो सन्ध्याकालीन पत्रिकाकारूपमा महानगर रहेको छ। यस्तै, युनिकोडको प्रयोग गर्ने पहिलो अनलाइन न्युज अफ नेपाल हो। नेपालको विज्ञापन क्षेत्रमा पनि यस पब्लिकेसन्स्ले नवप्रवद्र्धनात्मक कार्य गर्दै ज्याकेट पेज, टप स्ट्रिप र अन्य विभिन्न नवीन प्रयोग गर्दै आइरहेको छ। यसपटक विज्ञापन बजारमा प्रभु बैंकसँगको सहकार्यमा हामीले मास्टहेड र टपस्ट्रिपको कम्बिनेसनसहितको नयाँ प्रयोग गरेका छांै। यस सुखद अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनमा पनि यहाँहरूकै चाहनाअनुसार नवीन सोचका साथ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दछांै।

प्रतिक्रिया