मुन थकालीको नयाँ गीत ‘कदम कदम’ सार्वजनिक

इनेप्लिज २०८० मंसिर ११ गते १२:२० मा प्रकाशित

काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्। हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ।

नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन र सम्पादन पनि नितेश लामाले नै गरेका हुन्। जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियो मुन थकालीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया