स्वरूपको स्वर, गोपालको शब्दमा रहेको  ‘तक्दिर’  सार्वजनिक ( भिडियो )

इनेप्लिज २०८० मंसिर ८ गते १२:२८ मा प्रकाशित

काठमाडौं – लोकप्रिय गायक स्वरूप राज आचार्य स्वरमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ। तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री भीमा लोहार हुन्। ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतकार लोहारको शब्दमा यसअघि ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’, ‘तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका १ दर्जन बढी म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया