क्यानाडामा अध्ययनको लागि जना लागेका विद्याथीहरुलाई लक्षित गर्दै एक कार्यक्रमको आयोजना

इनेप्लिज २०८० मंसिर ७ गते १०:०० मा प्रकाशित

पछिल्लो समय नेपाली बिद्यार्थीहरुको लागि क्यानडा अध्ययनको राम्रो गन्तब्य बन्दै गएको छ। यसैक्रममा क्यानाडामा रहेको मोहक कलेजले क्यानाडा अध्ययनको लागि जना लागेका विद्याथीहरुलाई लक्षित गर्दै काठमाडौँको एभरेस्ट होटलमा एक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा भिजा प्राप्त गरेर क्यानडा अध्ययनको तयारीमा रहेको विद्याथीहरुलाई क्यानडाको सम्पूर्ण जानकारी सहित त्यहाँ पुगिसकेपछि कसरी सुरक्षीत तरिकाले बसेर, समय बचाउँदै अध्ययन गर्ने र काम गर्ने विषयमा जानकारी दिएको छ। कार्यक्रममा मोहोक कलेजको तर्फबाट प्रेसिडेन्ट रोन म्यकरली , क्याटी बुरोज ,थिया लेड्म्यन ,एयालिसन स्टेवाट ,बिनय जोसी ,ब्रेस्का उल्हाक लगायतले क्यानडाको भिजा प्राप्त गरिसकेपछि क्यानाडा पुगुन्जेल सम्मको जानकारी गराएका थिए।

कार्यक्रममा उक्त कलेजमा अध्ययन गरिरहेका बिद्यार्थीहरुले आफ्नो सन्देस समेत पठाएका थिए। साथै कलेजका प्रतिनिधिले अभिभावकहरुसंग समेत भेटघाट गरेका थिए। मोहक क्यानडाको चर्चित कलेज हो।

सोमबार सम्पन भएको जानकारीमूलक कार्यक्रममा नेपाली कल्चर झल्कने प्रस्तुति समेत रखिएको थियो। क्यानेडियन स्टडी सेन्टर , सीआइसी एजुकेसन हब र कन्सलटेन्सी डि.ए.एचले सयुक्त रुपमा आयोजन गरेको कार्यक्रममा चर्चित गायक प्रमोद खरेलले सम्पूर्ण विद्याथीहरुलाई उज्वल भबिस्यको सुभकामना दिदै सांगेतिक प्रस्तुति राखेका थिए। कार्यक्रममा बिगत २० बर्षदेखि क्यानडाको काम गर्दै आएका हरि अधिकारी समेत उपस्थित थिए।

प्रतिक्रिया