प्रबासी नेपालीहरुको पर्वहरुको बारेमा

डिग बहादुर तामांग,दोलखा, भेडापू डिग बहादुर तामांग,दोलखा, भेडापू २०८० मंसिर ५ गते २३:०१ मा प्रकाशित

पर्वहरुको महत्व नेपाली समाजमा, दशैं शक्तिपूजा गरेर, मासुभात खायौं, नानीहरुले दिक्षिना नयाँ नाना पाए। अड्डा अदालतका दशैंक एक महिनाको तलब बराबर सरकारको तर्फबाट तिर्न नपर्ने दशैं बोनस पाए। अदालतका न्यायधिश देखि तल्लो तहका कर्मचारीहरुले १५ दिनको तलबी बिदा पाए थप दशैं खर्च समेत गरि ४५ दिनको तलब पाएर पनि खुसि देखिएन । पहिले बाटोघाटोको सुबिधा थिएन, अहिले दिनको बाटो छिनमा भै सक्द्पनि यो प्रथा राणाहरुले ल्याएका हुन् अब फिर्त़ा गर्नु पर्छ भनेर कोहिपनि अधिबक्त्तहरुले प्रश्न उठाएको देखिएन। अर्को प्रश्न राजा र राजसंस्था मन नपर्ने देशका कर्मचारीहरुले राजा बिरेन्द्रले आफ्नु राज्याभिषेक २०३१ सालमा नेपालका कर्मचारीहरुलाई दशैंमा लिएको पेश्की तिर्न गाह्रो भो भन्ठानेर एक महिनाको तलब बराबर दिन थाल्यो तर राजा देशमा छैन यो बोनस स्वरुको रकम लिन हुन्नभनेर बोल्ने मान्छे पनि देखिएन। कर्मचारीले सुबिदा संसारमै पाउदैन , यो खाले प्रचलन नेपालमा मात्रै छ।

तिहारको बिशेषताहरु :

काग देखि गोरुसम्मका जनावरहरुको पूजा आराधना पछि मात्रै भाई तिहार, एमबाट जोगाउनका लागि लक्ष्मीकी स्वरुप दिदी बहिनीहरुले भाई टिका लगाएपछि तिहारको बिसर्जन हुन नपाउदै अर्को पर्वको सुरु हुन्छ त्यो “छैठ ” उदाएको सूर्यलाई अर्घ दिएर समाप्ति हुने यो पर्वमा।

छैठ देवी कसरि ? यो पर्वपनि पहिले पहिले मिथिला प्रदेशमा मात्रै मानिन्थ्यो आजकल दशैं तिहार झैं बिस्वमा फैलिएर गएको छ राम्रो पक्ष्य हो।

पर्सिको दिन धन्यबाद दिने दिन हो ,उत्तर अमेरिका बस्ने नेपाली तथा भुटानका नेपालीहरु गिद्देचारा टर्की चरा र सागर्खण्ड किन्न बजार धाउन थाली सके त्यो दिन अर्थात् नवेम्बर २३ नेपालीहरु अमेरिकन भएर यो पर्व मनाउने छन्।

के हुन् त धन्यवाद दिने दिन ?

बिश्वको गोलार्धको नाप्ने देशान्तर र अक्षांश हुन्छ भने यहाँभित्र बस्ने मनुवाहरुले मान्ने चाडपर्व चाँहि काल्पनिक पौराणिक कथाको आधारहरुमा मान्ने गरेका हुन्छन । हिन्दुत्व र हिन्दुहरुले मान्ने पर्वहरु पनि यसैमा आधारित छन् । बिजेता प्राप्त गरेको शासीत बर्गले पराजित भएकाहरुलाई देखाउन शुरुवात अथवा शुरुआत गरेको

पर्वलाई नै रास्ट्रिय पर्वको रुपमा मनाइने पर्वहरुनै दक्षिण एसियाका देशहरुमा विद्यमान चली आएका छन । उदाहरणका लागि हामी मूख्य पर्वहरुलाई लिन सक्छौं जस्तैै रामनवमी , कृष्ण जन्मअष्टमी, नवरात्री गणेश चतुर्थी, भक्तिभावले मनाइएका पर्वहरुमा तीज, सूर्यभगवानलाई अनुगृहित भएर महिलाहरुले आफनो इच्छानुसारको पति पाउन भनि मनाइने पर्व हुन तीज । भविष्य पुराणको आधारमा सूर्य भगवान प्रति आफनो मनोआकाक्षंलाई पूरा होस भनि अस्ताएको सूर्य अर्घ चढाएर मनाइने पर्वलाई छठ भनिन्छ र हो पनि । इस्कान्द पुराणमा आधारित धार्मिक उपन्यासलाई ३१ अध्यायलाई बाँडेर सुनाउने कथालाई स्वास्थानीको ब्रत कथा भन्ने चलन छ । बिभिन्न बिद्धानहरु प्रग्यिकि समीक्षानुसार के निक्रौल निकालेको छ भने, धार्मिक ग्रन्थहरुमा पनि भगवानरुपी संसारमा पनि छलकपट माहौल देखाएका छन । त्यसैबाट प्रेरित भएर आजका मानिसहरुले लोभपाप, व्यविचार गरेका हुन त ?

यदि बास्तविकतालाई सत्यतालाई काधमा लिएर संसारमा शान्तिको बिउ रोप्ने महापुरुष हो भने सिद्धार्थ गौतम मात्र हो भनेका छन् । श्रद्धांजलि र उहाँको देन लागि अनुगृहित भएर सम्झनालाई मनाउने पर्वलाइृ बुद्धजयन्ती भन्छौं ।

हार्डवर्ड विश्व बिद्यालयका चर्चित प्राध्यापक नृबिज्ञान क्षेत्रका ख्याती कमाएका काल्टन एस कूनले लेखेको मानव शास्त्र पुस्तकमा भनेका थिए, यस लोकमा मानिसहरु तिन प्रकारका हुन्छन भनेर । स्वेत, काला र मंगोलियनहरु मात्रै हुन भनेका छन, उहाँले लेखेको मानावजातीको शास्त्रमा ।

पंक्तिकारले धन्यवाद दिने दिनको महिमाबारेको चर्चा नेपालीपोष्टमा केहि बर्ष अगाडी पनि एउटा लेख लेखेको थियो । तर यसपाली भने भिन्नै प्रकारले स्पटरुपले लेख्न गई रहेको छु । जसरी एउटा सिक्काको दुइतर्फ बर्णन् गरेको हुन्छ भने यसरी नेै धन्यवाद दिने दिनको राम्रो पक्ष नराम्रो पक्ष छन् । जसरी तामाङ्गजातीहरु ३० औ हजार बर्ष अगाडी नेपालमा पुगे भने –यस विषयको लेख मास्को विश्वविद्यालयमा सुरक्षित छन । त्यसरीनै हिमयूमा मध्ये एशियाबाट आहाराको खोजिमा हाम्रा सन्तानहरु हालको बेरिङ्ग सागर जमेको समयमा उत्तर अमेरिका छिरे, यो महादिपमा छिरेर र यसलाई आफनो थलो बनाएर बसेका थिए, रमाएका थिए, तर भारततिर मसलाहरु ख्रिद गर्न निस्केका क्रिष्टफर कोलोम्बसको पानी जाहाज बाणिज्य हावाले उत्तर तिर धकेल्दै धकेल्दै गर्दा दुर्भाग्यबस १४९२ अक्टोबर महिनाको १२ तारिख शोमबार विहानाको २ बजे डोमेनिगन रिपव्लिकमा छेउको समुन्द्रको किनारमा आई पुगेपछि, यी घुमन्ते जीवन विताई खाईखेली गरेको मान्छेहरुको कालो दिन शुरु भयो । त्यसपछि सुन र सुर्ती खोज्न प्रथम कोलोनिका रुपमा भर्जीनिया कम्पनीको रुपमा मे महिनाको १४ तारिख १६०७ मा स्थापना गरे एउटा मानव भएको नाताले पहिले देखिनै बसोबास गरि रहेका अमेरिकन ईन्डियनहरुले यी आउने पाहुनाहरुलाई स्वगात गरे तर उनिहरुले यसको फल भने संस्कृतमा चर्चित उखानमा उल्लेख गरे झै भयो रे “ पयः पानं भुजांगानां केवल विषबर्धन्” यसको अर्थहरु उनै पण्डितहरुले गर्लान् । पंक्तिकार धेरै नेटिभ अमेरिकन रिजरभेशनहरुमा पुग्ने मौका पाएको थियो । ओरेगन राज्यको पोर्टल्य।ण्ड निवासी अन्तरराष्ट्रिय जनजातीहरुकी महासंघकी हजुर आमा आलेक्स बेकर पिलिग्रिम जो नब्बे बर्षकी छिन, त्यस्तै ल्यामडियर मोन्टानाकी मार्गरेट, लास्काकी डा रीता ल्बुमस्टाइन, साउथ डकोटाकी रीता होलिडान्स, आरेजोनाकी डा मोना पोलक मेक्सिको ह्वारेवाकी जुलिया , अमेजोन जंगलकी हजुर मरिइ लिसि, जापानकी हजूर आमा ल्कारा शिनपोलि, ग्याबुनकी हजुर आमा डाक्टर बर्नादेद रिविनो हजुम्ने समयमा कहिले नोभेम्बर महिना पर्थियो कहिले जुलाई महिनाको दिनहरु पर्थियो यो पंक्तिकारलाई धेरै बुझ्न उत्सुकता थियोनै । भन्ने गर्थे धन्यवाद दिने दिनको महिमा अमेरिका स्वतन्त्रता प्राप्त भएको दिनहरु । तर उनिहरुले आँखा भरि आँसु निकालेर भन्थे “ हाम्रो जग्गा जमीन र स्वतन्त्रा लुटेका दिनहरु” उत्सब मानेर खाने भोजको बारेमा तिमी यतिका खुशी भएको देख्न मन लाग्यो हामीलाई धिकार्न अब नगर यस्तो कुरा भन्थे । यसै कारणले मैले १६२१ को प्रथम नयां ईङल्याण्ड मनाउन सुरु गरेको दिनलाई लिएर उहाँहरुलाई सम्झाउन कोशिस पनि गरें । कमसे कम आफ्ना पुर्खाहरुको मृतात्मलाई सम्झेर,रातपछिको दिनलाई सम्झेर अनुगृहित बनेर प्रशंसा गर्नु के खराब हो र ? उनिहरु भन्थे “हेर तिम्रो जग्गा जमीनहरु अरु देशका

मानिसहरु आएर लुटेका पीडा, अन्यजातको मानिसहरु आएर बलात्कार गरेको पीडाहरु तिम्रा आमाहरुले सहनु परेन । हामीहरु त्यसका साक्षी छौं ।

तिमीहरु आफनै पनि चाडपर्वहरु मनाउछौ यहाँ आएर धन्यवाद दिएको दिन एउटा टर्की ल्याएर वाइनसंग रमाउछौं यसलाई भन्छौ आहा अमेरिका कति राम्रो मैले पनि थपि दिएं, हो नि त यदि गोराहरुले नबनाएको भए अहिले सम्मनै भैंसीको सिकार गरेर खाना पर्थ्योहोला, फलामे चील काँहा देख्नु हामीले समयसंग हिंडन पनि सिक्नु पर्छ हजुर आमाहरु । हामीहरु मिथालोजीका आधारमा पर्वहरु मनाउछौ भने पाश्चात्य देशका मानिसहरु भौतिकबादी भएर पर्वहरुको मनोउने चलन राख्दा छन्।

स्रोतहरु सत्यमा सर्वश्रेष्ठको आधारमा लेखिएको हो । पंक्तिकारले आजको दिनमा जे भएको छ त्यस्लाई स्वीकारेर लेख तयार परिएको हो ।

डिग बहादुर तामांग,दोलखा, भेडापू

प्रतिक्रिया