पूर्व प्रथम महिला रोजलिन कार्टरको ९६ वर्षको उमेरमा निधन

इनेप्लिज २०८० मंसिर ४ गते ०:५५ मा प्रकाशित

पूर्व प्रथम महिला रोजलिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ। पूर्व प्रथम महिला रोजलिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको कार्टर सेन्टरले आइतबार घोषणा गरेको छ ।

कार्टर सेन्टरले दिउँसो २:१० मा उनको “शान्तिपूर्वक, परिवारसँगै” मृत्यु भएको बताएको छ। नोभेम्बर १९ आइतवारका दिन जर्जिया राज्यको प्लेन्स स्थित उनको घरमा निधन भएको हो ।

“मैले हासिल गरेको सबै कुरामा रोजलिन मेरो समान साझेदार थिईन ,” पूर्व राष्ट्रपति जिमी कार्टरले एक विज्ञप्तिमा भने। “उनीले मलाई आवश्यक पर्दा बुद्धिमानी मार्गदर्शन र प्रोत्साहन दिएकी थिइन् । जबसम्म रोजलिन संसारमा थिइन् मलाई सधैं कसैले मलाई माया र समर्थन गरेको थाहा थियो।”

पूर्व प्रथम महिलालाई डिमेन्सिया (मनोभ्रम)भएको निदान गरिएको थियो र उनी आफ्नो पतिसँग जर्जियाको प्लेन्समा घरमा बस्दै आएकी थिइन भनि उनको परिवारले गत मे मा भनेका थिए । उनीहरूले गत हप्ता उनी आफ्नै घरको बिरामी असहाय बस्ने अतिथि गृह (होम हस्पिस केयर) मा प्रवेश गरेकी थिइन्।

राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया