बिश्व ब्रम्हाण्ड सुन्दरी अर्थात् मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। त्यस्तै नेपालको प्रतिनिधित्व गर्दै नेपालकी जेन दीपिका ग्यारेट उत्कृष्ट २० मा पर्न सफल हुदै बाहिरिएकी छिन ।
निकारागुआले पहिलो पटक मिस युनिभर्स उपाधि हात परेको हो । एल-साल्भाडोरमा आयोजित भएको कार्यक्रममा ८४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले बिश्व ब्रम्हाण्ड सुन्दरी ‘मिस युनिभर्स’ को उपाधि जितेकी हुन्।
यसै गरि थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड प्रथम बिजेता तथा अष्ट्रेलियाकी मोरया विल्सन दोश्रो बिजेता बन्न सफल भएका छन् । शरीर ठूलो बनावट आकार अर्थात् प्लस साइज नमुना (मोडल)को रूपमा अन्तर्राष्ट्रिय संचार माध्यम (मिडिया)मा समेत चर्चामा रहेकी जेन दीपिका ग्यारेट शीर्ष १० मा पुग्न असफल भईन ।
दीपिकाले उत्कृष्ट २० मा पर्न सफल हुँदा आफ्नो सामाजिक सञ्जाल हर्ष व्यक्त गरेकी छिन । र ,उनले ‘शीर्ष २० मा ! मेरा समर्थक तथा मलाई समर्थन गर्ने सबै प्रति आभारी छु। मैले मेरो तर्फबाट सबैभन्दा राम्रो गर्ने कोसिस गरें। मैले सौन्दर्य प्रतियोगिताको परम्परागत मापदण्ड तोड्न पाउँदा गर्व गर्छु। नयाँ मिस युनिभर्स(ब्रम्हाण्ड सुन्दरी) मा मा सहभागी हुन् पाउँदा धेरै गर्व छ ’ उनले लेखेकी छन्।
एल-साल्भाडोरमा सहभागी हुनु अगाडी जेन दीपिका ग्यारेट न्यूयोर्क आएकी थिइन् । न्यूयोर्कबाटै उनि एल साल्भाडोर गएकी थिइन् । उनले नेपाली समुदायसंग न्यूयोर्कमा समेत अन्तरक्रिया गरेकी थिइन् ।
प्रतिक्रिया