अर्थपूर्ण सिनेमाका गम्भीर दर्शकहरुका लागी: 12th फेल 

इनेप्लिज २०८० मंसिर १ गते २२:२२ मा प्रकाशित

परिन्दा (१९८९), १९४२ ए लब स्टोरी ( १९९४) जस्ता सफल सिनेमा का लेखक तथा निर्देशक र थ्री इडियट ( २००९), लगे रहो मुन्ना भाई ( २००६) जस्ता सिनेमा का निर्माता बिधु बिनोद चोपडा आफ्नो नयाँ सिनेमा “12th फेल” लिएर दर्शक माझ आएका छन्, जो गत हफ्ता रिलिज भएको छ । चरम गरिबी को बीच लोक सेवा परिक्षा उतिर्ण गरेर भारतीय प्रहरी अधिकारी हुन् सफल मनोज कुमार शर्मा को बास्तबिक जिबनको कथा मा अनुराग पाठक को उपन्यास मा आधारित यो सिनेमा मा निर्देशक चोपडा ले कडा मेहनत ले पाएको असाधारण सफलता लाइ देखाउने प्रयास गरेका छन् ।

सिनेमा को कथा अनुसार भारत को मध्य प्रदेश राज्य को एउटा बिकट गाउँ को गरिब परिवार को एक ब्यक्ति लगन र मेहनत ले सरकारी जागिर प्राप्त गर्न सफल भएको प्रेरणादायी सत्य कथा हो । उक्त गाउँ मा सरुवा भएर आएको नयाँ प्रहरी अधिकारी दुष्यन्त सिंह (प्रियान्सु चटर्जी) ले परिक्षा मा “चिटिङ्ग” गर्न कडा गर्छन र त्यसैकारण धेरै परिक्षार्थी हरु असफल हुन्छन, तर मनोज कुमार शर्मा (विक्रान्त मेस्सी) तिर्तीय श्रेणी मा उतिर्ण हुन्छ । लोक सेवा परिक्षा को तयारी गर्न राजधानी दिल्ली पुगेको शर्मा ले भोगेको दुख, उसको मेहनत र अन्तमा प्राप्त गरेको असाधारण सफलता लाइ मनोरन्जक तरिकाले प्रस्तुत गरिएको छ । शर्मा ले आफ्नो गुरु, साथीहरु र प्रेमिका श्रद्धा जोशी (मेधा शङ्कर) को सहयोग मा आफ्नो लक्ष्य हासिल गर्न के कस्ता कठिनाइ भोग्नु पर्छ त्यसको लागि भने सिनेमा नै हेर्दा रमाइलो हुन्छ ।

अभिनय को कुरा गर्दा धेरै सिनेमा हरुमा सहायक भूमिका गरिसकेका नायक मेस्सी ले एक सरकारी जागीर प्राप्त गर्ने र त्यसको लागि जस्तो कठिनाइ को सामना गर्न पनि नछोड्ने दृढ़ निश्‍चय लिएको युबक को उत्कृष्ट अभिनय गरेका छन् । भारतीय समाज मा एक गरिब र गाउँले युबक ले सहर मा कतिको असहाय महसुस गर्नु पर्छ त्यो देख्दा भुक्तभोगी हरुको आँखा मा आँसु आउँछ । टेलिभिजन कलाकार हुँदै सिनेमा मा प्रबेश गरेकी नायिका शङ्कर को पनि अभिनय मा खोट लगाउने ठाउँ छैन । आफ्नो प्रेमी लाइ पाइला पाइला मा हौसला दिने प्रेमिका को भूमिका मा कुशल अभिनय गरेकी छिन । सानो भूमिका भए पनि नायक को पिता रामबिर शर्मा (हरिस खन्ना) को अभिनय स्वभाबिक छ । अन्य सहायक कलाकार हरु आफ्नो आफ्नो भूमिका मा जमेका छन् जसको मुख्य श्रेय निर्देशक चोपडा लाइ जान्छ ।

प्राय हिन्दी ब्यबसायिक सिनेमा हरुमा प्रस्तुत नहुने तर स्वभाबिक बिषय मा सिनेमा को निर्माण गरेर निर्देशक चोपडा ले गम्भीर दर्शक हरुलाई उपहार दिएका छन्, जसको लागि निर्देशक चोपडा धन्यबाद का पात्र छन् । सिनेमा को पटकथा निर्देशक चोपडा ले जसकुमार कोहली, अनुराग पाठक र आयुष सक्सेना सँग मिलेर लेखेका छन् जो सलल बगेको छ, त्यसको लागि लेखक द्वय चोपडा र कोहली को सम्पादन को पनि तारिफ गर्ने पर्छ । सान्तनु मोयत्रा को सङ्गीत र रङ्गराजन रामबर्धन को छायाँकन पनि उत्कृष्ट छ।

यदी तपाईं अर्थपूर्ण हिन्दी सिनेमा को गम्भीर दर्शक हुनुहुन्छ भने यो सिनेमा एकपटक अबश्य हेर्नुहोला/ करिब साढे दुइ घन्टा लामो यो सिनेमा लाइ यो बर्ष को उत्कृष्ट सिनेमा हरुको पनि उत्कृष्ट सिनेमा भन्न कुनै कन्जुस्याँइ गर्नु पर्दैन।

@twitter#naviinr

नवीन रायमाझी

प्रतिक्रिया