इजरायल रक्ष बलद्वारा गाजा बन्दरगाह नियन्त्रण गरेको दाबी,१० वटा भूमिगत सुरुङ्ग ध्वस्त

इनेप्लिज २०८० कार्तिक ३० गते १२:२७ मा प्रकाशित

इजरायल रक्षा बलले गाजा शहरको बन्दरगाहको “सञ्चालन नियन्त्रण” लिएको दाबी गरेका छन् । जुन माछा मार्ने जहाजहरूको भूभागको केन्द्र हो।

इजरायल रक्षा बलले जारी गरेको एक विज्ञप्तिमा बन्दरगाह हमास लडाकुहरूको लागि प्रशिक्षण सुविधाको रूपमा पनि प्रयोग गरिएको बताएको छ ।

सेनाले कारवाहीको एक भागको रूपमा १० वटा भूमिगत सुरुङ्ग ध्वस्त पारेको जनाएको छ ।

सिएनने उक्त दावी वा तिनीहरूको बलको सही स्थान स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्दैन भनि समाचार लेखेको छ । यता ,हमासद्वारा सञ्चालित सरकारी संचार कार्यालयले इजरायलले अल-शिफा अस्पतालमा भेटिएका प्रमाणहरूमा झुटो बोलेको आरोप लगाएको छ।

गाजा सरकारी संचार कार्यालयका निर्देशक इस्माइल अल थावाब्ताले अल-शिफा अस्पतालमा हमासका उपकरणहरू फेला परेको इजरायलको आरोपलाई अस्वीकार गरे।

त्यस्तै इजरायली प्रहरीका अनुसार जेरुसेलमको दक्षिणमा रहेको नाकामा भएको गोलीकाण्डमा एकजना गम्भीर अवस्थामा रहेका सहित छ जना इजरायली सुरक्षाकर्मी घाइते भएका छन्।

प्रहरीले नाकामा सवारी साधनमा आएका तीन जनाले त्यहाँ तैनाथ अधिकारीमाथि गोली चलाएको बताएको छ । तीन आक्रमणकारीलाई गोली हानी मारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया