१४ नोभेम्बर, रकब्यांक, मेलबर्न: अस्ट्रेलियन संघिय मन्त्री Brendan O’Connor ले तिहार मनाइने दिन नै संसदिय कार्यक्रम परेको कारण आफू कार्यक्रममा उपस्थित हुन नसके तापनि तिहार कार्यक्रमप्रति शुभेच्छा ब्यक्त गरिएको र करीब २०० जनाको सहभागिता जनाएकोमा करीब ३० जना बिदेशीको सहभागिता रहेको दिदी-बहिनी समाज भिक्टोरियाले मेल्टन नेप्लिज कम्युनिटी र वैदिक सनातन समाज भिक्टोरियासंग मनाइएको तिहार कार्यक्रमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको लागि कार्यक्रम हुने दिनमा भिक्टोरिया राज्यको संसद पनि चल्ने भएकोले सांसद Stephen McGhie ले शुभकामना पठाएका थिए ।
मेल्टन सिटि काउन्सिलका मेयर Kathy Majdlik को प्रमुख आतिथ्यतामा भएको उक्त तिहार कार्यक्रमको पहिलो भागमा सान्दर्भिक मन्त्रोचारण लगत्तै सामुहिक ॐ कार ध्वनीपस्चात सामूहिक म्ह पूजा गरिएको थियो । प्रमुख अतिथि क्याथीले नेपाली समुदायद्धारा आयोजित कार्यक्रममा सहभागी हुन पाएकोमा गर्वान्वित भएको बताइन ।
दिदी-बहिनी समाज भिक्टोरियाकी अध्यक्ष रोशनी श्रेष्ठद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको उक्त कार्यक्रममा वैदिक सनातन समाज भिक्टोरियाका सचिब नारायण दाहालद्धारा तिहारको बारेमा प्रस्तुति दिएका थिए भने डा किशोर बैद्यले हास्य योग गराएका थिए । एनआरएनए भिक्टोरियाका संयोजक मनिरत्न सापकोटाले मन्तब्य दिने क्रममा दिदी-बहिनी समाज भिक्टोरियाकै सबैभन्दा सकृय संस्थाको रुपमा चित्रण गरे । कार्यक्रममा राष्ट्रियताका भावनाले ओतप्रोत र सांस्कृतिक झलक झल्कने नाचहरु प्रदर्शन गरिएका थिए ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, बिनित शर्मा, एएनएमसीका अध्यक्ष गान्धी भट्टराई, इराकी कम्युनिटी लिडर डा अब्दुलमसेह फेर्यु, रेकलिन अस्ट्रेलियाका फोफो न्शिमिरिमन आदिको उपस्थिति रहेको र साहित्यकार सुशिल चालिसेद्धारा उदघोषित तथा मेल्टन नेप्लिज कम्युनिटीका भिस्म गौतमद्धारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा महिला समूहको नेतृत्वमा भैलो र मावेन कन्सल्टिङ ग्रुप मेलबर्नका निर्देशक विक्की श्रेष्ठको नेतृत्वमा गरिएको देउसिरे खेलिएको थियो ।
कार्यक्रमका केही भिडियोहरु
प्रतिक्रिया