मेरिल्याण्डको एक बिद्यालयमा बन्दुक ल्याएको आरोपमा १५ वर्षीय विद्यार्थी पक्राउ,अप्रिय घटना हुन् बाट बच्यो

इनेप्लिज २०८० कार्तिक २९ गते १३:३८ मा प्रकाशित

डब्लुजेएलए संचार माध्यमका अनुसार मेरील्याण्ड किशोरलाई आफ्नो बिद्यालय बन्दुकको साथै गोलीहरु समेत ल्याएको आरोपमा हिरासतमा लिइएको बोवी प्रहरी विभागले जनाएको छ।

प्रहरी बिभागले उक्त बिधालयका १५ वर्षीय विद्यार्थीलाई गत मंगलबार दिउसो १२ः३० बजेतिर भरुवा नौ एमएम (लोडेड नाइन एमएम)को बन्दुकसहित फेला पारेको बताएको छ ।

बिधालयको सुरक्षाको लागि तैनाथ प्रहरीले किशोरलाई बाल सेवा विभागको हिरासतमा लिनु अघि नै हिरासतमा लिएका थिए । त्यसपछि उनलाई चेल्तेनहम युथ डिटेन्सन सेन्टर(युवा कारागार)मा लगिएको समाचारमा उल्लेख गरिएको छ ।

अधिकारीहरूका अनुसार कोही पनि घाइते नभएको र विद्यालयमा कसैलाई पनि खतरा नभएको बताए। कुनै पनि ठूलो अप्रिय घटना हुन् बाट बचेको छ ।

प्रतिक्रिया