अमेरिकी राष्ट्रपति जो बाइडेन बिरुद्ध राष्ट्रपति पदमा डेमोक्र्याट्सका सांसद डीन बेन्सन फिलिप्सले उम्मेदवारी दिने भएका छन् । उनले सिएनएनको अन्तर्वार्तामा उक्त जानकारी गराए ।
अमेरिकामा एक पटक राष्ट्रपति भएका व्यक्तिले दोश्रो पटक इच्छा गरे अन्य उम्मेदवारहरुले एक पटक अवसर दिने चलन छ ।
डीन बेन्सन फिलिप्स एक अमेरिकी व्यापारी र राजनीतिज्ञ हुन् । उनि २०१९ देखि मिनेसोटाको तेश्रो निर्वाचन क्षेत्र अर्थात् कंग्रेसनल जिल्लाबाट अमेरिकी जन प्रतिनिधिको रूपमा सेवा गरिसकेका छन्। फिलिप्सको जिल्लाले ब्लुमिङ्टन, मिनेटोन्का, एडिना, मेपल ग्रोभ, इडिना र प्लीमो जस्ता शहरहरूको पश्चिमी उपनगरहरू पर्दछन् ।
राष्ट्रपति पदका उम्मेद्वारले ‘बाइडेनोमिक्स’ अर्थात् अमेरिकी आर्थिक उन्नतिमा काम नगरेको आरोप लगाउदै ‘बाइडेनोमिक्स’ शब्द प्रयोग गरे । उनले अमेरिकामा हाल मुद्रास्फीतिको समेत मुद्धा ल्याउदै बाइडेनले काम नगरेको आरोप लगाए ।
उनले राष्ट्रपतिको प्राथमिक निर्वाचनमा राष्ट्रपति बाइडेनलाई चुनौती दिए ।
“म राष्ट्रपतिलाई सम्मान गर्छु, म यो स्पष्ट गर्न चाहन्छु, उहाँ एक असल मानिस हुनुहुन्छ, उहाँले यो देश बचाउनुभयो। मलाई लाग्छ कि २०२० मा उहाँ सायद एकमात्र डेमोक्रेट हुनुहुन्थ्यो जसले डोनाल्ड ट्रम्पलाई हराउन सक्नु हुन्थ्यो । मलाई लाग्छ कि २०२४ मा उहाँ उम्मेदवार हुन सक्नुहुन्छ। तर हार्ने मध्ये एक हो भने। त्यसैले म यो गरिरहेको छु, “फिलिप्सले न्यू ह्याम्पशायरमा सिएनएनको कासी हन्टसँगको अन्तर्वार्तामा भने।
प्रतिक्रिया