पद्मा लिंखा मगरको शब्दमा ’भूईँ सोरी’ सार्वजनिक

इनेप्लिज २०८० कार्तिक २७ गते १२:०७ मा प्रकाशित

काठमाडौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेलि लोकभाकामा आधारित’भूईँ सोरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राई को संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडिवीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाईएको छ ।

सुजन श्रेष्ठको छायाँकन , को सम्पादन तथा कृष्ण लिंखा याक्खाको निर्देशन भिडियोमा रहेको छ । ’भूईँ सोरी’ गीतको भिडियोमा विमला लिम्बु र जान रानाको अभिनय रहेको छ ।

’भूईँ सोरी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया