कियाचु अमेरिकाद्वारा १० नोभेम्बर २०२३ का दिन आयोजित बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गर्नु भएको थियो ।
कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेको अध्यक्षतामा संचालित कार्यक्रममा अमेरिका स्थित महावाणिज्य दूताबासका महावाणिज्य दूत विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कियाचु अमेरिकाका संस्थापक अध्यक्ष श्याम मेन्याङ्बो र कोलोम्बिया युनिभर्सिटी न्युयोर्क अमेरिकाका प्रोफेसर डा. प्रेम फ्याक ज्युहरु विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको कार्यक्रममा अमेरिकामै चलयमान रहेका विभिन्न जातीय संस्थाहरु; मगर समाज अमेरिकाका अध्यक्ष अमृत रोक्का, म्याग्दी समाज अमेरिकाका अध्यक्ष रमेश तुलाचन, भूमे पर्व समिति अमेरिकाका अध्यक्ष चक्र बुढामगर, घ्यालसुम्दो सेवा समाज अमेरिकाका अध्यक्ष चित्रकुमारी गुरुङ, किरात राई सोसाईटी अफ अमेरिका (KRSA) का केन्द्रीय अध्यक्ष खगेन्द्र राई, यूनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (newyork chapter UKROA) का अध्यक्ष ममता खालिङ राई, तमु समाज अमेरिकाका अध्यक्ष तोरण गुरुङ, UKROA newyork Chapter का भुतपुर्व अध्यक्ष एवं समाजसेवी केशवराम राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई र संचारकर्मी विक्की पुलामी आदि अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ-आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रीय विभुतिको रुपमा रहनु भएका विभुतिहरुको तस्विरमा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रीय गानको प्रस्तुति पश्चात संस्थाका उपाध्यक्ष विवश माङ्मुले आमन्तृत सम्पुर्ण अतिथि एवं महानुभवहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं किरात याक्थुङ चुम्लुङ नेपालका भुतपुर्व केन्द्रीय महासचिव तथा कियाचु अमेरिकाका पुर्व सल्लाहकार लिला सिंघकको नेतृत्व र संस्थाका सुबास चोङ्बाङ, बिष्णु चोङबाङ, मौसम ईङनाम, पुर्ण खिम्दिङ, बन्दना तुम्बाहाङफे, केपी शेर्मा, रिना थाम्सुहाङ, सरोज थाङदेन, निलम योङहाङ जवेगु, भिमा देवान, विमल चेम्जोङ, रुपा याक्खा, सन्ध्या कन्दङवा, शिव लाबुङ, प्रेम मेन्याङबो, पुरन पयाङ्गु, र सोनिया यकयुक लिम्बुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र लारिङगेक, नाम्लिङगेक (देउसी भैले) प्रस्तुत गरिएको थियो ।
कियाचु अमेरिकाको इतिहासमा पहिलो पल्ट, कियाचु बालबालिका विभागका सदस्यहरु बानु तुम्बाहाङफे, सजना लिम्बु, रिना थाम्सुहाङ, दिक्षा जबेगु एवं अभिभावकहरुको सकृयतामा याक्थुङ लिम्बु जातिको मौलिक एवं परम्परागत भेषभुसाको सम्बन्धमा केही ज्ञान होस, संस्कार संस्कृति परम्परा प्रति चासो गर्न हौसला मिलोस, याक्थुङ संस्कार संस्कृति पुस्तान्तरण हुँदै जावस भन्ने उदेश्यले बालबालिकाहरुको याक्थुङ लिम्बु भेषभुसा सानदार रुपमा प्रदर्शन भएको थियो । कियाचु अमेरिकालाई विगत लामो समय देखि विभिन्न तह तप्का र भुमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याउनु भएका महानुभावहरु लिला सिंघक, विजेता थेबे, सुबास चोङबाङ, बिष्णु चोङबाङ, भिमा देवान, निलम योङहाङ जबेगु, सरोज थाङदेन, रुपा याक्खा, राम लिम्बु, रिना थाम्सुहाङ लिम्बु, भुपेन्द्र अधिकारी, सोनिया यक्युक लिम्बु, सुम्निसामा मेन्याङबो, हिक्मत लिम्बु र सजना योङहाङ लिम्बुलाई वहाँहरुले संस्थाको वृत्ति विकासका लागि पुर्याउनु भएको योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरु मार्फत दोसल्लाका साथ सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो ।
बलिहाङ तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेबेले बलिहाङ तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्नु हुने संस्थाका सम्पुर्ण पदाधिकारी ज्युहरु, प्रायोजक ज्युहरु, प्रमुख अतिथि ज्यु, विशिष्ट अतिथिहरु ज्यु, अतिथि ज्युहरु, क्यामेरा म्यान ज्युहरु, संचारकर्मी ज्युहरु, खाना उपलध गराईदिने स्पाईसी नेपाल प्रति आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।
बलिहाङ तङनामको दोश्रो खण्डमा याक्थुङ लिम्बु भेषभुसा प्रदर्शनिमा सहभागि हुनुभएका बालबलिकाहरु नामबिनहाङ पयङ्गु, मिसुमहाङ्मा चेम्जोङ् ,मिराक पयङ्गु, इरभान कार्की, प्राची बिसुन्खे , सारङ लिम्बु, सारगोप बिसुङ्खे ,निस्चय लिम्बु राई , हाङ्सा सुब्बा ,नियोन योन्जन ,साक्निम खिम्दिङ् ,नैया लावति , नामहाङ चेम्जोङ् ,मुक्कुम तुम्बाहाम्फे ,लिलिन तुम्बाहाम्फे , स्वर्निम लिम्बु राइ , आरभहाङ लिम्बु कार्की, अर्या लिम्बु , खेम्सेक मावो लिम्बु,साम्योङ थेवे , मिसाम खिम्दिङ् ,हिल्ली इवाहाङ् लिम्बु ,प्रनभी थेवे ,मिङ्नाम सुब्बा ,सेलिना सुब्बा ,उदिप्ती लिबाङ, नियोहाङ् लिबाङ् ,लासाङ सुब्बा,दिलना थेवे लाई संस्थाको अध्यक्ष दिपक थेबे ज्युबाट प्रमाण पत्र वितरण गरिएको थियो भने चर्चित मोडेल एवं नृत्याङगना सोनिया यक्युक लिम्बु, गायिका शशिकला मोक्तान,गायक रेमोस अधिकारी लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया