अमेरिकामा आज धन त्रयोदशी अर्थात् धनतेरसमा नेपाल जस्तै भाँडाकुँडा खरिद गरेका छन । यमपञ्चक आरम्भ भै सकेको छ । कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।
अमेरिकामा आज धन त्रयोदशी अर्थात् धनतेरस । दीपावलीको समयमा आजको दिनलाई खरिदको लागि उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।
अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुका थुप्रै पसलहरु भएकोले नेपालीहरुले भाँडाकुँडा खरिद गरेको जानकारी ईनेप्लिजलाई दिएका छन् । अमेरिकामा दर्जनौ दर्जन स्थानमा नेपालीहरुको सुनचाँदीका पसलहरु पनि रहेका छन् ।
यस्ता पसलहरबाट नेपाली समुदायले चाँदी ,पित्तल ,तामा ,सुन ,भाडाकुँडा आदी इत्यादी खरिद गरेका छन् । धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ ।
कुनै न कुनै वस्तु किनेता पनि चाँदीको खरिद गर्नु शुभ मानिन्छ । आज सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ ।
साथै धन्तेरसको दिन सिङ्गो धनियाँ ,कौडी, कमल गट्टा किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ ।
प्रतिक्रिया