कन्चन र रेखाको ” यो मौसम बैमानी ” सार्वजनिक

इनेप्लिज २०८० कार्तिक २४ गते १४:३४ मा प्रकाशित

धरान । ४ बर्ष अघि रिलिज भएको गीत ” चिसो चिसो छ यो मौसम ” को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ” चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा ” यो मौसम बैमानी ” गीत म्युजिक भिडियो सहितसार्वजनिक गरेका छन्।

गायक थलङकै शब्द, संगीत , स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो ।

उनलाई म्युजिक भिडियोमा नायिका रेखा लिम्बुले साथ दिएका छन् ।सार्वजनिक भएको छोटो समयमा यो गीत टिकटकमा समेत भाईरल बन्दैछ भने युटयुब भ्युज समेत राम्रै पाइरहेको छ। सन्जिब सुब्बाको संगीत संयोजन , अर्जुन तिवारीको छायांकन, बिवेक सुनारको सम्पादन रहेको म्युजिक भिडियो सान थापाको निर्देशनमा निर्माण भएको हो।

यस अघि ” चिसो चिसो छ यो मौसम ” कन्चन थलंग र मेलिना राईको स्वरमा मेल र फिमेल भर्शन ल्याईएको थियो र दुवै भर्सन दर्शक- श्रोताहरु द्वारा रुचाईएको थियो। ” चिसो चिसो छ यो मौसम -२ ” अर्थात् ” यो मौसम बैमानी ” को फिमेल भर्सन समेत
चर्चित गायिका मेलिना राईको स्वरमा केहि समयपछि आउने गायक तथा संगीतकार कन्चन थलंगले बताए। म्युजिक भिडियो उनकै अफिसियल च्यानलमा रहेको छ।

म्युजिक भिडियो लिंक

प्रतिक्रिया