अमेरिकाद्वारा इरान समर्थित समूहहरूमा दोस्रो चरणको हवाई आक्रमण सुरु

इनेप्लिज २०८० कार्तिक २३ गते ०:५६ मा प्रकाशित

अमेरिकाले इरान समर्थित समूहहरूमा दोस्रो चरणको हवाई आक्रमण सुरु गरेको छ । एबिसीन्यूजका अनुसार जसले अमेरिकी सेनालाई आक्रमण गरेको हो उनीहरुलाई आक्रमण गरेको समाचारमा उल्लेख गरेको छ ।

इरान समर्थित लडाकूहरूले अक्टोबर २७ देखि अमेरिकी सेनामाथि कम्तीमा ४० वटा आक्रमण गरेका छन्। अमेरिकी लडाकु विमानहरूले पूर्वी सिरियामा हतियार भण्डारण सुविधामा प्रहार गरेको अमेरिकी सेनाले बुधबार बताएको छ ।

इरान समर्थित लडाकुहरूले यस क्षेत्रमा अमेरिकी सेनाहरू विरुद्ध दर्जनौं मानवरहित यान (ड्रोन )र प्रक्षेपास्त्र (रकेट) हमला गत तीन हप्ता देखि प्रयोग गरिरहेको सेनाले बताए । पछिल्लो दुई हप्तामा यो दोस्रो यस्तो आक्रमण थियो।

“आज राष्ट्रपति बाइडेनको निर्देशनमा, अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर र सम्बद्ध समूहहरूले प्रयोग गर्ने सुविधामा आत्म-रक्षा हमला गरेको छ,” रक्षा सचिव लोयड अस्टिनले एक विज्ञप्तिमा बताए ।

यो आक्रमण दुई अमेरिकी एफ-१५ द्वारा हतियार भण्डारण सुविधा विरुद्ध सञ्चालन गरिएको थियो।

“अक्टोबर १७ र नोभेम्बर ७ को बीचमा . अमेरिकी सेनामा कम्तिमा ४० पटक आक्रमण भएको छ,” पेन्टागन उप प्रेस सचिव सबरीना सिंहले मंगलबार बताइन्।

ती आक्रमणहरू मध्ये आधा भन्दा बढी अक्टोबर २६ पछि आएका थिए। अमेरिकी लडाकु विमानहरूले पूर्वी सिरियामा दुईवटा हतियार र गोलाबारुद केन्द्रहरूमा आक्रमण गरेका थिए ।

पेन्टागनका संचार सचिव (प्रेस सेक्रेटरी )का अनुसार अहिलेसम्म ४६ अमेरिकी सेनाहरूलाई चोटपटक समेत लागेको बताए। उनले धेरैजसो सेनाहरू आफ्नो कर्तब्य (ड्युटी)मा फर्किएका छन्, भने तर दुईजनालाई थप जाँच र हेरचाहको लागि जर्मनीको अस्पतालमा लागिएको छ ।

प्रतिक्रिया