राम्रो लाग्छ तिम्रो………….

इनेप्लिज २०८० कार्तिक २२ गते १२:२० मा प्रकाशित

राम्रो लाग्छ तिम्रो सौन्दर्य, मेरी प्यारी 
मेरो मनको प्रिय मेरो दिलकी रानी 
मायाले तिमीलाई समात्नेछ तिम्रो नाम पुकार्नेछ
तिम्रो सौन्दर्यले मलाई हल्लाइदिन्छ   
 
किनकि मैले माया गर्नु पर्छ म माया गर्छु
तिम्रो माया मेरो अस्तित्व  हो मैले कुरा बुझेको छु
तिमी बिना म एउटा पात नभएको रुख हुनेछु
मैले सोचे कि म तिम्रो लागि एक हुँ
 
मलाई थाहा छ तिमिले मलाई माया गर्छौ
हामी बिच जे भए नि, तिमीले मलाई देख्नेछौ,
म तिमीलाई मेरो सारा हृदयले माया गर्छु
म तिम्रो मायालाई महसुस गर्न सक्छु
 
 राम्रो लाग्छ तिम्रो सौन्दर्य, मेरी प्यारी
मेरो मनको प्रिय मेरो दिलकी रानी 
 मायाले तिमीलाई समात्नेछ तिम्रो नाम पुकार्नेछ
तिम्रो सौन्दर्यले मलाई हल्लाइदिन्छ
   

  गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया