अमेरिकाको युटाहमा कृतिम खुट्टा लगाएकी महिलालाई कुकुरले आक्रमण गर्दा मृत्यु

इनेप्लिज २०८० कार्तिक २२ गते ०:४३ मा प्रकाशित

अमेरिकाको युटाह राज्यमा कृतिम खुट्टा अर्थात् एक खुट्टा नभएकी महिलालाई कुकुरले आक्रमण गर्दा दुखद निधन भएको एबिसीन्यूजले जनाएको छ ।

गत हप्ता साल्ट लेक सिटी अर्थात् नगर क्षेत्रको उपनगर क्षेत्रमा उनको छोरोको कुकुरले आक्रमण गरेपछि खुट्टा काटिएकी ६३ वर्षीया महिलाको मृत्यु भएको हो । उनको गत सोमबार मृत्यु भएको टेलरभिल्स प्रहरी प्रमुख पुलिस जे फाउलरले मंगलबार भने। तर महिलाको नाम सार्वजनिक गरिएको छैन ।

एक महिलाले गत अक्टोबर ३१ का ९११ मा प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी अधिकारीहरु त्यहाँ पुग्दा आफ्नो आँगनमा पिट बुल्स नामक पाँचवटा कुकुरहरूले उनिलाई घेरिएको अवस्थामा भेट्टाएका थिए ।

प्रहरीका अनुसार अधिकारीहरूले उनीहरूलाई भगाउनका लागि मरिचको फोहरा(पेपर स्प्रे) हानेका थिए । त्यसपछि वयस्क कुकुर भागे र प्रहरीले गोली हानेका थिए । बाँकी कुकुरहरूलाई मालिकले प्रहरीलाई बुझाएका थिए ।

प्रतिक्रिया