एमालेले सम्बन्ध स्थानीय— सन्देश राष्ट्रिय अभियान मंसिर दोस्रो साताबाट थाल्ने,

वीरेन्द बहादुर रावल २०८० कार्तिक १७ गते ११:२६ मा प्रकाशित

कार्यक्रमको पूर्व सन्धयामा झुलाघाट पुगे एमाले उपमहासचिव रिमालको टोली

धनगढी, कार्तिक १७÷ मिशन ग्रास रुट मार्फत जनताका माझ आफ्नो संगठनलाई थप बलियो बनाएको नेकपा एमालेले फेरी अर्को लोकसिप्रय कार्यक्रम सम्बन्ध स्थानीय— सन्देश राष्ट्रिय भन्ने मूल नाराका साथ मंसिर दोस्रो साताबाट पद यात्रा कार्यक्रम गर्र्ने भएको छ ।

२०८० मंसिर दोस्रो साताबाट महाकालीको झुलाघाट नाका देखि १ हजार ८ सय ७९ किलोमिटर पुष्पलाल लोकमार्गलाई आधार बनाएर सम्बन्ध स्थानीय— सन्देश स्थानीय भन्ने कार्यक्रम लिएर एमालेले उक्त कार्यक्रम अघि बढाउने कुरा नेकपा एमालेका केन्द्रिय उपमहासचिव एवं प्रभावशाली नेता बिष्णु रिमालले बताउनु भएको छ ।

नेकपा एमालेका उपमहासचिव रिमालले बुधबार गोदावरी नगरपालिकास्थित केन्द्रिय सचिव लेखराज भट्टको निवासमा आयोजित अनौपचारिक कार्यक्रमममा बोल्दै एमालेलाई देश र जनताको बास्तविक पार्टी हो भन्ने कुराको साक्षात्काका लागि पनि सम्बन्ध स्थानीय— सन्देश राष्ट्रिय भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको बताउनु भएको हो ।

नेकपा एमालेले स्थानीय ,संघ र प्रदेश सभाको निर्वाचनमा पाँच दलिय गठबन्धनका बाबजुदपनि समानुपातिकमा सबै भन्दा बढी लोकप्रिय मतका साथ पहिलो पार्टी बनाउन सफल भएको र आगामी २०८४ को निर्वाचनमा पनि एमालेलाई एक नम्बर पार्टी बनाउने उद्देश्य लिएर जनतामाझ एमालेलाई जिवन्त पार्टी बनाई राख्नका लागि सो अभियान थालिएको पनि उपमहासचिव बिष्णु रिमालले बताउनु भएको छ ।


जनताका समस्या,देशको वर्तमान अवस्था र एमालेको मिसन ८४ लाई प्रभावकारी बनाएर अघि बढ्ने मूल उद्देश्यलाई पुरा गर्नका लागि नेकपा एमालेका सबै नेता तथा कार्यकर्ताहरु यो महान अभियानमा जोडिु पर्ने बताउनु भएको छ ।

नेकपा एमालेले देश,जनता, राष्ट्र र राष्ट्रियताको रक्षा अनी सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाँक्षा पुरा गर्नका लागि पनि यो अभियानलाई सार्थकतामा परिणत गर्नका लागि महाअभियानमा जुट्नका लागि समेत उपमहासचिव रिमालले देशबासीलाई आग्रह गर्नु भएको छ ।

सो अवसरमा सम्बन्ध स्थानीय— सन्देश राष्ट्रिय अभियानलाई देश व्यापी बनाउनका लागि एमालेको अभियानमा सबै नेता कार्यकर्ताहरुले सक्रियताका साथ भाग लिनु पर्ने आग्रह नेकपा एमाले केन्द्रिय सचिव लेखराज भट्टले बताउनु भएको छ ।

कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल,पोलिटव्यूरो सदस्य एवं ट्रेड युनियन महासंघ जिफण्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठ,पोलिटव्युरो सदस्य निरुदेवी पाल, पार्टीका प्रभावशाली युवा नेता केन्द्रिय सदस्य बिष्णु रिजाल लगायतका नेताहरु सो अभियानमा सुदूरपश्चिम पुग्नु भएको हो ।

केन्द्रिय अभियान प्रारम्भ हुनु पूर्व केन्द्रिय उपमहासचिव बिष्णु रिमालले अभियानलाई प्रभावकारी बनाउनका लागि सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, कैलाली र दार्चुला जिल्लाका नेता कार्यकर्ताहरुका माझा छलफल चलाउने कार्यक्रम रहेको कुरा एमालेका केन्द्रिय सदस्य निवर्तमान प्रचार विभागका उपप्रमूख युवा नेता बिष्णु रिजाले जानकारी दिनु भएको छ ।

केन्द्रिय उपमहासचिव बिष्णु रिमाल, सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल,पोलिटव्यूरो सदस्य एवं ट्रेड युनियन महासंघ जिफण्टका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठ,पोलिटव्युरो सदस्य निरुदेवी पाल, पार्टीका प्रभावशाली युवा नेता केन्द्रिय सदस्य बिष्णु रिजाल , सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैशी र सचिव रण बहादुर चन्द लगायतका नेताहरुले विहीबार बैतडीको झुलाघाटमा नाकामा पुगेर स्थानीय नेता र जनताका माझ सम्बन्ध स्थानीय— सन्देश राष्ट्रिय अभियानका बारेमा जानकारी दिनुका साथ साथै स्थलगत अध्ययन गर्नु भएको छ ।

सो अवसरमा डडेल्धुरा, बैतडी,डडेल्धुरा र कैलाली जिल्ल कमिटीका नेता कार्यकर्ताहरुले केन्द्रिय नेताहरुरुलाई सवागत समेत गरेका छन् ।

सम्बन्ध स्थानीय— सन्देश राष्ट्रिय अभियानले नेकपा एमालेको संगठनलाई बलियो, प्रभावकारी र मिशन ८४ लाई सफल बनाउनका लागि मेरुदण्डको काम गर्ने आशा एमालेले लिएको कुरा एमालेका उपमहासचिव बिष्णृ रिमालले गर्नु भएको छ ।

केन्द्रिय नेताहरुलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैशीले कैलालीमा स्वागत गर्नु भएको थियो । सो अवसरमा नेकपा एमाले सुदूरपीश्चम प्रदेश कमिटीका सचिव रण बहादुर चन्दको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया