पवित्र संस्था एनआरएनएको हवालामा नेतृत्व तह भित्र देखिएको विद्यमान असामाजिक र अलोकतांत्रिक गतिविधि

इनेप्लिज २०८० कार्तिक १५ गते २२:४६ मा प्रकाशित

खगेन्द्र अधिकारी । संयुक्त राज्य अमेरिका,वासिंटन, डि.सी.।

कुनियत र दुर्गन्धयुक्त तवर बाट चौतर्फि रुपमा गाली-गलौज र भौतिक रुपमा आक्रमणकारी नभएर निश्चयात्मक रुपमा गैर आवासीय नेपाली संघ (NRNA) को हालसालै विश्व भरिबाट अनलाइन र भौतिक रुपमा काठमाडौँमा सम्पन्न चुनाबको नतिजा सम्बंधित परिदृश्यमा चित्त बुझेन भने आन्तरिक वार्ता एवं कानूनी उपचारबाट स्वस्थ समाधान खोज्न सकिन्छ।

आँफु समाज र संस्थाको लागि दूरदर्शी हुनुको सट्टा गैर आवासीय नेपाली अभियानलाई नितान्त पवित्र सामाजिक सेवाको लागि उपलब्धिमुलक हुनेछ भन्ने संस्थागत अर्थको हैसियतबाट नितान्त जंगली प्रवृत्ति र नेपालका राजनीतिक दलहरुको झोलाछाप र गलत निर्देशन बाट अलोकतांत्रिक बाटो हिन्नु भनेको निस्चित रुपमा गलत सोच हो भन्ने मेरो सार्वजनिक बिस्वास र बुझाई छ।

आँफुलाई सदाबहार रुपमा समाजसेवी, लोकतांत्रिक र प्रजातान्त्रिक पद्दतिको हिमायति हुँ भनेर सकारात्मक र सक्रिय ठान्ने बुद्धिमान र असल मानिसहरुले षड्यंत्रकारी र कुबाटो हिन्न सुहाउने र मनासिव हुने “स्थापित मान्यता” हुँदै होईन।

घटिया दुर्घटना निमंत्रित गर्नु अपराध सरह मानिने भएकाले यस अवस्थामा ” जाने र आउने” दुबै गलत हुनेछन्।समाजमा गरिने मर्मस्पर्शी सामाजिक सेवाका क्षेत्रमा आबद्ध भएर घटिया परंपरा निर्माण गरिनु भनेको सस्थाको मलाई केहि पनि मतलब छैन भन्ने स्पस्ट अर्थ नै हुन्छ।

आँफुलाई सदाबहार रुपमा समाजसेवी, लोकतांत्रिक र प्रजातान्त्रिक पद्दतिको हिमायति हुँ भनेर सकारात्मक र सक्रिय ठान्ने बुद्धिमान र असल मानिसहरुले षड्यंत्रकारी र कुबाटो हिन्न सुहाउने र मनासिव हुने “स्थापित मान्यता” हुँदै होईन।

समाजमा समाजसेवीको नाम बाट तल्लो स्तरबाट ठगी, दुर्गन्धित र घटिया भएर केवल पदको भोगी मात्र बन्ने हो भने त भन्नु केहि छैन।यदि सम्भव नभएका क्षेत्रमा आबद्ध नहुँदा सहि हुन्छ भने सचेत भएर सहयोगी र स्वतंत्र बन्दै आजीवन संस्थागत, सर्वत्र आदरणीय रहदा नै सर्वश्रेष्ठ, सर्वोच्च, कल्याणकारी साथै संस्था र समाज प्रति आभारी बन्न सकिन्छ होला भन्ने लागेको छ।

नत्र सम्पूर्णले छर्लंग भएर सचेत हुन जरुरी यो पनि छ कि उपदेश दिने पात्रहरु केवल मुर्ख सिवाय अपितु के पो हुन सक्छन् र?

समाजमा समाजसेवीको नाम बाट तल्लो स्तरबाट ठगी, दुर्गन्धित र घटिया भएर केवल पदको भोगी मात्र बन्ने हो भने त भन्नु केहि छैन।

“एनआरएनए” को वर्तमान र विद्यमान गतिविधि सम्बन्धमा यो भन्दा अरु बढ़ी बेईज्जत हुने बाटाहरु आगे अव कसैले पनि नरोजेकै उत्तमोत्तम हुनेछ भन्नेमा दुईमत नहोला भन्ने बिस्वास लागेको छ।

हामी सबैले एनआरएनए को भलो चिताउँ। आगे आपकी मर्ज़ी!

लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।

“Enough is enough”

प्रतिक्रिया