अमेरिकाको नर्थ क्यारोलाईनाको शार्लोट्स शहरमा नेपालका प्रसिद्ध गायक तथा गीतकार कालीप्रसाद बास्कोटा तथा लोकप्रिय गायिका इन्दिरा जोशीले प्रस्तुति दिने भएका छन ।
यो उक्त शहरको लागि कालीप्रसाद बास्कोटा तथा इन्दिरा जोशीको प्रथम पटक हुनेछ । कार्यक्रम आगामी नोभेम्बर १० का दिन शुक्रबार गरिने आयोजकका तर्फबाट बिश्व खरेलले ईनेप्लिजलाई बताए । कार्यक्रमको आयोजक वेबइभेन्ट्स युएसए रहेको छ ।
कार्यक्रम ७ बजे साँझ सुरु हुने जनाईएको छ । उक्त सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरुमा शास्त्र ब्याण्ड ,कोलम्बिया साउथ क्यारोलाईना,सौरव प्रधान तथा सुदन गैरे समेतको प्रस्तुति हुनेछ ।
खरेलका अनुसार उक्त कार्यक्रम हिस्ट ब्रेवरी एण्ड ब्यारेल आर्ट्स नामक शार्लोट्स स्थित कार्यक्रम स्थलमा हुने भएको छ । टिकट दर ३५ डलर राखिएको छ भने द्वारमा लिनेहरुका लागि ४० डलर पर्नेछ ।
नर्थ क्यारोलाइनाको शार्लोट्समा कैयौ पटक कार्यक्रमहरु सफलतापूर्वक गराई सकेको वेबइभेन्ट्स युएससले यो कार्यक्रमको आयोजना गर्ने छ भने यसका व्यवस्थापक बिश्व खरेल हुन् भने उनले यसको नेतृत्व गरि रहेका छन् ।
दुवैजना कलाकारहरु अहिले अमेरिकाको भ्रमणमा रहेका छन् भने दर्जनौ शहरहरुमा आफ्नो प्रस्तुति दिई सकेका छन् ।
प्रतिक्रिया