सामुदायिक वन उपभोक्ता महासंघले पुर्नउत्पादनको नेतृत्व गर्नु पर्ने : मन्त्री धामी

वीरेन्द्र रावल २०८० कार्तिक १२ गते १५:३० मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी, कार्तिक ११ । वन विनासलाई रोक्न र वातावरण संरक्षणसंग संगै पुर्नउत्पादनको नेतृत्व सामुदायिक वन उपभोक्ता महासंघले गर्नु पर्ने धारणा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले व्यक्त गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा शनिवार धनगढीमा आयोजना गरिएको सामुदायिक वन सम्बन्धी कानुनी क्षमता अभिवृद्धी सम्बन्धी दुई दिने तालिमको उद्ध्घाटन गर्दै यस्तो मन्त्री धामीले धारणा व्यक्त गरे गरेका हुन ।

मन्त्री धामीले भने : वन संरक्षण गरेर मात्र नहुने भएकाले त्यसको सहि सुदुपयोग गर्दै वनलाई आय आर्जनमा रुपान्त्रण गर्न सकेको खण्डमा समृद्धि प्राप्त हुन सक्दछ ।

वनलाइ उद्ययमसंग जोडेर लिन सकेको खण्डमा तीनै तहका सरकारको आय वृद्धिमा टेवा मिल्नुका साथ साथै वन उद्ययमबाट स्वरोजगारी पनि बृद्धि हुने मन्त्री धामीले बताएका छन् । पछिल्लो समयमा सामदायिक वनमा शुशासन र पारदर्शिता भन्ने कुरा एकदमै कम देखा परेकाले स्वयं सामदायिक वनहरु पनि बढी जिम्मेवार बन्नु पर्ने कुरामा मन्त्री धामीले जोड दिएका छन् ।

मन्त्री धामीले वनलाई उद्ययमसंग जोडेर लैजान नसकेका कारण नेपालमा विदेशी काठहरु भित्रिने र नेपालको सम्पती विदेश पलायन हुने समस्यालाई समाधानका लागि र वनको दिगो व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार कानुनमा देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने सोचमा रहेको धारणा व्यब्क्त गरेका छन ।

विद्यमान समस्याको समाधानका लागि प्रदेश सरकार सामुदायिक वन उपभोक्ता महासंघ संगै मिलेर जना तयार रहेको समेत मन्त्री धामीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा कार्यक्रमका विशिष्ठ अतिथी एवं सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीले वर्तमान सरकारले सामुदायिक वन उपभोक्ता समूहहरुलाई विभिन्न कर तथा नयाँ प्रविधीबाट राजश्व निर्धारण गर्नाले देश व्यापी रुपमा सामुदायिक वनका गतिविधीहरु ठप्प हुन पुगेका बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष एवं सल्लाहाकार संयोजक देव वहादुर कुँवरले वैज्ञानिक वन जस्ता अलोकप्रिय र अवैज्ञानिक कार्यक्रम ल्याएको विगतका सरकारका कारण नेपालको वन विकास नभएर विनासको बाटोमा धकेलिएको बताउँदै आगामी दिनमा त्यस्ता कार्यक्रम नल्याउन संघ र प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष झुमा चौधरीको अध्यक्षतामा भएको उद्धघाटन समारोहको स्वागतमन्तव्य उपाध्यक्ष टेक बहादुर थापाले गरेका थिए भने सञ्चालन प्रेम खत्रीले गरेका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया