नेपालमा काम गरेका तिनजना बिदेशीको योगदान र तिनको कदरले सिकाएको एउटा पाठ:

इन्दु भूषण गौतम हाल: भर्जिनिया २०८० कार्तिक १२ गते १४:५८ मा प्रकाशित

नेपालको लागि योगदान दिने विदेशी भन्ने वित्तिकै टोनी हेगेन् , एडमण्ड हिलारी , फादरग्याफ्नि,डेभिड सेडान , क्रीक प्याट्रिक, आइभर जेनिङ्ग , डेभिड नेवारो आदिको नाम आउँछ। तरअरु थुप्रै विदेशी बिज्ञहरुले बिभिन्न क्षेत्रमा नेपालको बिकास मा आफ्नो योगदान दिएका छन्, रातदिन अझै खटेर काम गरेका छन्। अमेरिका,जापान ,बेलायत ,निदरल्याण्ड आदि देशहरू बाटआएका हजारौं स्वयं सेवकको योगदान झनै बिशिष्ट र उच्च स्तरको छ। यिनीहरुको यो योगदानले बिकास का सम्वन्धित क्षेत्रमा फाइदा भयोनै थप पर्यटन क्षेत्रमा त सकारात्मक प्रभाव छँदै छ अन्यक्षेत्रमा समेत यसले ठूलै योगदान दिने देखिन्छ। तिनीहरूको भन्दा बेसी विदेश मा बस्ने नेपालीलेप्रत्यक्ष योगदान दिएका छन् ।

नेपालीहरु पनि यसैगरि विदेशमा सिकेको सिप, शैली नेपालमा ल्याउन चाहन्छन् । लगानी बढाउनचाहन्छन् तर अहिलेको विभेदपूर्ण नागरिकता कानुन ले ठुलो असामन्जस्यता ल्याएको छ । हालैकादिनमा विदेशिएका नेपालीलाई हेर्ने दृष्टिकोण “ठूलो रकम लगानी गर, कुनै अधिकार नखोज,” “कासीबासी जस्तो चुप लागेर बस” , “तिमीहरू मलामी खोज्न आएका हौ ” , “ हामीलेल्याएको सङ्घीयताको लागि तिमिहरु बाठो हुनु पर्दैन हामी जान्दछौ ” जस्ता गैह्र जिम्बेवारअभिव्यक्ति सामजिक सञ्जालमा आईरहेको देखिन्छ । एयरपोर्टबाट कामको सिलसिलामा जो जोउड्यो केहि बर्षमा घर आएन भने उसको नागरिता चट हुने कानुन जो पास गरियो र हुलका हुलबिहारी हुलेर नेपाली लाइ नै अल्पसङ्ख्यक बनाउने नीति भारतलेनै लिएको होइन भन्न सकिन्न ।एक पटकको बंसजको नागरिक सधैंको बंसजको नागरिक, जो जहाँ बसे पनि नेपाली सधैंको लागि नेपाली हो भन्ने कुरा हुनु पर्छ भन्ने कुरा पुन दोहोर्याउन चाहन्छु ।

यस लेखमा ३ जना विदेशी ले नेपाल मा पुर्याएको योगदान र राज्य बाट के कस्तो कदर गरियो यागरिएन सो भन्न चाहान्छु । यसबाट हामीले के कस्तो शिक्षा लिन सकिन्छ र के कस्ता सुधार कदमआबस्यक छ सोको लागी पाठक बृन्दमै छोडन चाहन्छु । यसभन्दा अगाडिको लेखमा मैले हाम्रोकुटनैतिक नियोगहरुको भूमिका एकदम कमजोर भएको अबस्थामा छ भनेको थिएँ र एन आर एनए को भूमिका झनै जिम्मेवारी बढेको छ ।

Prof Dr  Quentin W. Lindsey  (1921 – 2016)

अमेरिकी सहयोग नियोग र फोर्ड फाउन्डेसनले सन् १९६२ मा नेपालको बिकासको लागि अमेरिकामैआबस्यक हुने हार्बर्ड युनिभरसिटिका इकोनोमिस्ट पी एच डी Prof Quentin W. Lindsey (1921 – 2016) लाइ केहि बर्षको लागि पठायो । जस अनुसार Pof Quentin W. Lindsey जो नेपाल बिज्ञ हुनुहुन्थ्यो र नेपालका पन्च बर्षे योजना, भूमिसुधार, कृषिबिकास बैंक स्थापना आदिसुरु गर्दा यसलाई कसरी हॉक्ने भन्न सिकाउने गुरु हुनुहुन्थ्यो । वहॉले त्यो बेला राजा महेन्द्रकोदाहिने हात जस्तै भएर काम गर्नु भयो र भुमिसुधार को कार्यान्वयन , कृषि विकास बैक लगायतग्रामिण विकास र विकेन्द्रीकरणलाईनसघाउने संस्थाहरूको स्थापना गराएर नेपालका उच्च स्तरीयकर्मचारी तन्त्र लाइ तालिम समेत दिनु भयो ..।

बिक्रम सम्बत २०४६ साल यानेकि सन् १९९० ताका नेपालका प्रमुख दात्री निकाय हरुमा नेपाललेअबको प्रजातन्त्र संगै केहि उन्नति गर्ला भने ठुलो आस थियो । गणेशमान सिंहले अमेरिकीरास्ट्रपतिलाई एक जना बिज्ञ पठाई दिन अनुरोध गरे पश्चात अमेरिकी सरकार ले तिनै प्रोफेसर Prof Quentin फेरी नेपाल गएर आठौं पन्चबर्षिय योजना जो नेपालको बिकास नमुना को एउटाउत्कृष्ट अबधारणा थियो, त्यसको लागि मोडालिटि विकास गर्नु भयो । नेपालको बहुदल पश्चातआएको आठौं पन्चबर्षिय योजना सबैभन्दा उत्कृष्ट मानिछ र त्यसैको अबधारणालाई कार्यान्वयनगर्न स्थानिय स्वायत्त शासन २०५५ ल्याईयो र एक साथ ७५ जिल्ला ४००० गाबिसमा लागु गरियो ।

नेपालको बिकासमा प्रमुख साझेदार रास्ट्र, संस्था जस्तो अमेरिका, बेलायत, डेनमार्क, इयु , युनडिपि, स्विजरल्याण्ड, जापान , युएन , विश्वबैंक , एडीबी आदि सबै ले prof Quentin ले तयारपार्नु भएको नेपाल को बिकास मोडल TEN KEY POINTS को आधारमा स्थानीय स्वायत्त सासनकार्यक्रम लागू गरियो अधिराज्यका सबै जिल्लाहरुमा ४००० गाविसमा करिब करिब ५० -६० अरबरुपयाँको बैदेशिक सहायता खर्च गरियो । स्थानिय स्वायत्त शासन कार्यक्रम अन्तर्गत गाबिस रजिविस ले आवधिक योजना, strategic plan बनाउने जस्तो महत्वपूर्ण काम सम्पन्न गरे । जोनेपालको फिलिपिन्सलाई छोडेर दक्षिण एसियाको नै पहिलो काम भयो नेपालमा । नेपालकोबिकासमा यति ठुलो बिदेशी सहायता परिचालन गरिएको र दाता राष्ट्रहरुको उत्साहबर्धकसहभागिता तछाड मछाड गर्दै भयो । सायद यो नै पहिलो कार्यक्रमको हो । स्थानीय निकाय गाउँदेखि केन्द्र सम्म सकारात्माक प्रतिफल मात्र दिन थालेको थियो । यसका पछाडी तिनै Prof Quentin मेहनत, बिद्वाता , नेपाल सम्बन्धि अनुभव थियो र सफल भयो पनि ।

नेपाल मा काम गरेर एउटा The Transformation of Nepal” नामक पुस्तक पनि लेख्नु भएकोथियो ।

सन् २०१६ वहाको नर्थक्यारोलाइनामा निधन भयो । नेपालको बिकास को लागि झन्डै एक खर्बरुपया सहायता परिचालन गरिदिने असल नेपाल बिज्ञ को निधन हुँदा समबेदना को चारलाइनसमेत नेपाल सरकार वा राजदुतावास बाट आएन । मानिलिउ नेपाल घुम्न आएको टुरिष्ट ८-१० बर्षघुम्यो बस्यो भनेर वास्ता नै कसैले गरेन ।

सफालता को सिखर मै हुँदा “स्थानीय स्वायत्त शासन “ कार्यक्रम जो माओबादी द्वन्दले गाबिसजलाउने र सङ्घीयताको नाममा गाबिस नै खारिज गर्ने, जिविसको भूमिकानै पूरै घटाएर खारिजगर्ने नीतिले गर्दा १०० सौँ अरब रुपया खर्चेर गरेका “स्थानीय स्वायत्त सासन” को मोडालिटि माखर्च भएको पूर्ण रुपमा खेर गयो । मित्र राष्ट्र भारतलाई मन नपरेको तर दिल्लीका मुख्यमन्त्रिकेजरिवाल लाइ अति मन परेको स्थानीय स्वायत्त सासन कार्यक्रम सरकारले सङ्घियता लागु गर्नेसिलसिलामा बिचैमा स्थगन जस्तो हुदा फेल भयो । माओबादिले भन्ने गरेको अग्रगामी छलाङ्गराजनैतिक दलहरुको कार्यक्रममा अपनत्व नहुँदा स्थानीय स्वायत्त सासन कार्यक्रम को निरन्तरतानभएर रोकियो अहिले स्थानिय निकायको मोडालिटिनै बदलिदिंदा फेलनै भयो । सायद नेपालका दाता रास्ट्र हरुलाइ यस्तै कुरामा बिमति भएको हुनु पर्छ ,नेपालका परिबर्तनकारी राजनैतिक दलहरु संग । उनीहरको राजनैतिक स्वार्थले गर्दा दाताको १०० यौं अरब रुपयाँ स्वाहा भयो । नेपालमादाताहरु सङ्घीयत़ाको लागि सहायता जुटाउनमा निरास हुनुको प्रमुख कारण यहि हो । एउटाबाचा बन्धन गरेर सहायता लिने तर बिना कुनै तर्क छिन छिनमा नीति परिबर्तन गरेर त्यसकोसदुपयोग नगरी दिने, बिदेशी दाताको रकम उनीहरुका देशका नागरिक ले कर तिरेको रकम हो , सहि सदुपयोग नगरिदिदा फेरी फेरी त्यही क्षेत्रमा सहायता आउन बन्द हुन्छ र आगामी दिनमासमेत सङ्घीयताको लागि कोहि सहायता दिन आउदैनन् । नेपालका परिवर्तनकारी शक्ति, राजनीतिक दलले दाता रास्ट्रहरुलाई सङ्घीयता कार्यान्वयन गर्न नेपालले अहिले सम्म विश्वासमालिन नसक्नु नै अहिले सङ्घीयताको लागि सहयोग नआउनु प्रमुख कारण हो ।

Susi Dunsmore (1926 – 2012 )

नेपाल हिमालहरुको देश, मन्दिर हरुको देश, सुन्दर प्राकृतिक छटाले भरिपूर्ण देश भनेर विश्वमाचिनिएको छ। एक जना विदेशी महिला को भनाई अनुसार ” नेपाल सुन्दर विविध टेक्सटाईलकोदेश भनेर विश्वलाई भन्दा अत्युक्ति नहोला” हुन् पनि काठमाण्डौ उपत्यकाको हाकु पटासी, दाङचितवन झापा मोरङ जिल्लाको पेटानी, पूर्वको ढाका, पाल्पा जिल्लाको ढाका, खाडी, पश्चिमनेपालको भङ्ग्रा हिमाली जिल्लाको लुकुनी स्वीटर पश्मिना आदि सबैले देखेका नेपाली फेब्रीक हुन्। यि उत्पादनको बजार गांधी चर्खा को भन्दा ठुलो छ।

त्यसलाई अझ परिमार्जन गरेर निर्यात गर्न सके खरबौंको निर्यात र लाखौंलाई दिगो रोजगारी समेतदिन सकिन्छ भनेर एक बिदेशी सन् १९८२ तिर नेपाल आइन र यहॉको बिबिध textile देखेर मोहितभइन ।

बेल्जिमयमा जन्मेकि बेलायती नागरिक सुजि डान्समोर Susi Dunsmore (1926 – 2012 ) जसले नेपालकै पहिलो नेपाली textile को किताब लेखिन र ब्रिटिस लाइब्रेरिमा उक्त कितावराखीएको छ । सन् १९८२ – १९८४ सम्म आफ्नो श्रीमान जोन डान्समोर संग नेपालको पूर्वि पाहाडीजिल्ला कोशी पहाडी विकास कार्यक्रमको सिलसिलामा नेपाल आएर आफ्नो मुकाम धनकुटाबजार बनाइन र पुर्बी तेह्र्थुम ताप्लेजुङ्ग पॉचथरका लिम्बु जातिले घरेलु तान लगाएर बुनिनेपरम्परागत ढाका कपडा लाइ बेलायती टेक्सटाईल इञ्जिनियर ल्याएर रङ्ग , बुटा र धागोकोआधुनिक संयोजन गराएर अहिलेको गुणस्तरीय ढाका कपडाको उत्पादन , तालिम आदि दिइन ।उनको त्याग, लगन मेहनत र अनुशन्धान र बजार ब्यबस्थापनको योगदानले त्यो बेला सय जति साना परंपरागत घरेलु तानमा बुनिने सिमित ३ जिल्ला को ढाका कपडा अहिले लाखौं मजदुरहरूलेकाम गर्ने दुइ हजार आधुनिक तानमा नेपालका १५ – २० जिल्लामा बुनिन थाल्यो । सन् १९८५ – ८६तिर सिमित ठाउमा मात्र पाइने र नेपाली कपडा उद्योग को नगण्य ०. ५ प्रतिशत हिस्सा ओगटेकोढाकाको योगदान अहिले अरबौं रुपयॉको कारोबार, निकासी योग्य बस्तु अनि नेपाली कपडा उद्योग१० प्रतिसत हिस्सा ओगटेको छ । लन्डनको प्रख्यात लिबर्टी फेसन हाउसमा ढाका कपडाकोआजभन्दा २५ बर्ष अगाडी नै आएको थियो ,यसमा सुजिकै देन छ ।

सुजिको अर्को महत्वपूर्ण काम भनेको अल्लोको रेसा बाट कपडा बनाउने तालिम, उद्योग पनि हो ।पहाडी जिल्ला को जङ्गलमा त्यसै खेर गइरहेको पाते सिस्नु अल्लो (Himalayan giant nettle) को रेसा बाट British Harris woolen Tweed भन्दा राम्रो र आकर्षक कोट बनाउनसकिन्छ भनेर बेलायती टेक्सटाइल एक्सपर्टको ठम्याई थियो । सुजिले संखुवासभा जिल्लाकोबाला सिसुवा गाउँका दिदीबहिनिलाई बेलायतको एउटा Tweed कम्पनीको टेक्सटाइलइन्जिनियरको निर्देशनमा काम सुरु गरेको पनि थियो र अल्लोको उत्पादन बजारमा जो बजारअहिले आएको छ पहिलो प्रयास थियो, र यसलाई ब्यापक परिमार्जन गर्ने सुजिको लक्ष थियो ।सुजिमा यस्तो दृढ आत्माबिस्वास थियो कि अल्लोको कपडा Harris Tweed जत्तीकै बजारओगटने छ । भिगन अथवा गैह्र भिगन को बिचमा यो अति लोकप्रिय हुनेछ । यसलाई ब्यापकपरिमार्जन गरेर पश्चिमा भिगन समुदाय लाइ HUDDERSFIELD TWEED भन्दा राम्रो उत्पादनदिने थियो । उनको निधनले त्यो काम अहिले सम्म अधुरो रह्यो ।अल्लो को tweed अलि खस्रोजस्तो भए पनि अहिले केहि मात्रामा भएपनि बजारमा देखिन्छ ।

उनको सन् २०१२ मा निधन भयो ,तर नेपाल सरकारले उनको कामको कुनै मान्यता दिएको देखिएन। एउटा समबेदना सन्देश दिन समेत कन्जुस्यॉई गरियो । कारण उनि बिदेशी नागरिक थिइन् उनलेनेपालमा नेता हरुलाई भोट हाल्न पाउदैनथिइन साथै उनीसंग कुनै राजनीतिक दललाई ह्वार्रह्वार्रर्तिमानिस ल्याईदिने क्षमता थिएन । नत्र गान्धीको चर्खा भन्दा तगडा सुजिका दिदीबहिनिको तानजसलाई नेपाल सरकारको कुनै अनुदान दिएको छैन र लाखौंको रोजगारी सालाना आरबौंकोउत्पादन र निर्यात एब आयात प्रतिस्थापन गर्ने राज्यको सङ्कीर्णताको अरु कुनै कारणनै हुनसक्दैन ।
नेपाललाई आफ्नो आमा जस्तो माया गर्ने , ढाका र अल्लोका उत्पादनलाई आफ्नो सन्तानलाईझैँप्यारो गर्ने सुजि डान्समोर सन् २०१२ मा परलोक गइन । उनले नेपाललाई दिएको योगदानको कदरगरिएन । नेपालका कुनै मिडियाले पनि छापेन । सरकार पुरा बेखवर रह्यो र बेलायत स्थितराजदुताबासलाई अत्तोपत्तो रहेन । उनको अन्तेष्टीमा दुई लाइनको समबेदना संदेश समेत दिएकोदेखिएन ।

Jan Salter 1936 – 2018

कला साहित्य संगीत यस्ता बिघा हुन् जसले मानव हित, शान्ति र खुसि मात्र बनाउँछ। नेपालीकला पनि ससारमा एक विशिष्ट र छुट्टै विशेषता भएको कला हो। थाङ्का, पौमा कला तनेपालका मात्र बिशिष्ट कला हुन भने, मिथिला आर्ट, थारु आर्ट, लिम्बू राईको कला कृती झनै राम्राछन्। आज भन्दा दुई तिन हजार बर्ष पहिलेका पेन्टिङ्ग आर्ट बिश्वमै छैनन, केहि पूराना रकपेन्टिङ्ग आर्ट लाइ त्यो बेलाको आर्ट भनिएता पनि ती कला कृती हरुमा सामान्य जंगली जनावरहरूर मानीस को केही साधारण ढुङ्गामा स्केच गरेको थियो, तर नेपालको मुस्ताङ जिल्लामा त्यो बेलाकै सुन्दर थाङ्का आर्ट ओडार हरुमा भेटिएको कुरा विवीसी ले प्रसारण गरेको थियो।

नेपालमा कम प्रयोमा आएको पोट्रेट कला बोकेर सन् १९६७ तिर आइन एक बेलायती नागरिक जोनसोल्टा र भ्रमण गरिन नेपाल भरिका दुर्गम गाउँ हरु, ४० बर्ष बसिन । एउटा पोट्रेट बनाउनसामान्यतया एक दिन देखि ३ दिन लाग्ने रहेछ। अनि त्यतिका समय सम्बन्धित ब्यक्ती धैर्य गरेरबस्न सक्नु पनि पर्यो । उनले बनाएका पोट्रेटलाई राजा वीरेन्द्रलाई मन परेछन् र गोर्खा दक्षिणबाहुलेसुशोभित गरिदिए। विख्यात आप्रवासन विज्ञ डा. हर्क गुरुङ र उनले मिलेर ethnographic study को किताव लेखे Faces of Nepal भनेर सुन्दर नेपाली विभिन्न जाती जनजातिकाआकर्षक पोट्रेटले सज्जित उक्त पुस्तक पश्चिमा देशमा ज्यादै रुचाइएको उत्कृष्ट कितावमाआउँछ।

एउटा पोट्रेट मात्र व्यक्ति चित्र होईन, उसको समुदाय, भेषभुषा, रहन सहन, जीवन शैलि शिप, उसलेगरेका जीवनका सङ्घर्षको कितावनै हो। एउटा पोट्रेटमै यी सबै अटाउन त्यो कलाकार पोख्तबिशिष्ट हुनु पर्छ। कला पारखी राजा वीरेन्द्र लाई समेत मन पर्नु र बिदेशी पर्यटक एबं कुटनीतिकनियोगका प्रतिनिधिहरू लगायतका सबै कलाकार को मन जित्नु लरर्तरो कुरा थिएन। प्रधान मन्त्रीकृष्ण प्रसाद भट्टराईले उदघाटन गरेको यिनको आर्ट सधैँ चर्चाको शिखरमा पुगेका छन्। उनलेआर्टबाट आएको आम्दानी माइती नेपाल र काठमाडौं एनिमल अस्पतालको निर्माणका लागिसहयोग गरेको थियो। सङ्क बाट उठाएर ल्याएको कुकुरको २ वटा छाउरा पालेकी थिइन र तीकुकुर बिदेश बाट ल्याइएका जस्ता राम्रा चिल्ला र तेज़ थिए।

नेपालीका यति राम्रा पोट्रेटहरू हाम्रा शक्ति केन्द्रका प्रमूख, प्रधान मन्त्री, राष्ट्रपतिको आवास वाकार्यालय मा देखिँदैनन् तर विदेशी हरुका काठमाडौँ स्थित आवासमा चाहिं देखिन्छन्। तत्कालिन प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईले बबर महलको राष्ट्रिय आर्ट काउन्सिल ग्यालरीको बेलाउदघाटन गर्दा निकै अभिरुचिको साथ हेर्नू भएको थियो र यो कार्यक्रमले त्यो बेला निकै ध्यानआकृष्ट गरेको थियो विशेष गरी राजा विरेन्द्र र प्रधामन्त्री भट्टराईको। त्यसमाथि धेरै उच्चस्तरीयमापदण्ड र गुणस्तर को पर्याय नै हुन् डा. हर्क गुरुङ, उनले समेत यी महिला संग सहकार्य गरेरकिताव निकाले सायद आर्ट, ethnicity, सहित को नेपाली जनताको पोट्रेट बिरलै जन्मिन्छन् यस्ताकृतिहरू।

उनको सक्रियतामा Kathmandu Animal Treatment Center (KAT Centre) को स्थापनार लाखौ सामुदायिक कुकुर (stray dogs) र जनावर को उपचार गर्ने काम समेत सुरु गरेकी थिइन। यिनको नेपालको कामलाई कदर गरेर बेलायती महारानीले सन् २०१३ ‘Member of the Order of the British Empire (MBE ) पदक दिएकि थिइन ।सन् २०१८ मा उनको निधन भयो। आफना केहि कलाकृति माइती नेपालको ट्रस्टलाई दिइन । उनको निधनमा बेलायती सरकारकोसमबेदना आयो तर नेपाललाई चिनाउने यी नेपालकै छोरी परलोक हुँदा हामि सबै बेखवर रह्यौं ।नेपाल सरकारले समबेदना संदेश पढाउँन सकेन । बेलायत स्थित कुटनितिक नियोगलाई पत्तोसमेत भएनछ ।

यी प्रतिनिधि ३ पात्र बिदेशी जसले नेपाललाई औधी माया गरे, अरबौ – खरबौ रुपया बराबरकोसाहयता, कामको सिर्जना गरे तर यिनीहरुको कुनै राजनैतिक हैसियत नभएकोले बस्तानै गरिएन । नेपालमा अहिले जे हुन्छ बालुवाटार, कोटेस्वर बालकोट पेरिसडाडा बुढानिलकण्ठमै हुन्छ ।

विगत दुई दशक यता नेपालको राजनैतिक culture यस्तो केन्द्रित भएको छकि बिभिन्न शक्तिकेन्द्र निर्माण गरिएका छन् , र यो शक्ति केन्द्रको विभाजन गाँउ पालिका वडा सम्म पुगेको छ।त्यसैले राजनीतिमा कूनै हैसीयत छैन भने कसैले विशुद्ध सामाजिक सेवामा समर्पण गरेको छ भने पनि तिनीहरूको कामलाई खासै महत्त्व दिएको देखिएन भन्ने यी ३ जना विदेशी को काम प्रति रराज्यले सामान्य शिष्टाचार समेत निर्वाह गरेको पाइएन। दशौं मिलियन डलर सहायता ल्याउ रचूपचाप हामीलाई हाम्रो तजबिज मा खर्च गर्न देऊ भन्ने सिंहदरवार को मानसिकता देखिन्छ। तिमिहरुको राजनैतिक हैसियत केहि छैन, तिमीहरुले हाम्रो पार्टी नेतालाइ भोट हाल्न पाउदैनौ भनेर भोलि नेपाल गएर कामगर्ने नेपालीलाई यस्तै “काम सरो भाडो आफाल तेरो ठाँडो” को ब्यबाहारपर्न सक्छ ।

भोलिका दिन मा एन आर एन लाई बंसजको आधारमा नागरिता नपाए कुनै राजनैतिक अधिकारनहुने र त्यसको मुल्याङ्कन राजनैतिक चस्माले हेरिने हुदा जे जस्तो बिकास निर्माण र सामूदायकोविकास, आध्यात्मिक विकासको लागि तन,मन र धनले मरीमेटेर काम गरे पनि राज्य पक्षले गर्नेब्यबहार यिनै ३ जना बिदेशीलाइ गरे जस्तो बेखवर, चिसो नहोला भन्न सकीदैन ।

विदेश स्थित कुटनैतिक नियोगले पनि नेपालमा को को गए के कस्तो उपलब्धी मुलक काम गरे रआगामी दिनमा कसरी यो परम्परा लाई अझ मजबुद र सशक्त बनाउनु पर्छ भन्ने कुनै योजना वाकार्यक्रम देखिएन। त्यसैले सरकार दुताबास र एन आर एन ए तिनै पक्षले समन्वय गर्नु जरुरि छ । अब एन आर एन ए ले Friends of Nepal भन्ने डाटा बेस बनाउने र बेला बेलामा सोहि अनुरुपको सात्क्षातकारको कार्यक्रम राख्न सक्दा आखिर देश र जनतालेनै फाइदा लिन सक्छन् ।

नेपालमा अरबौँ रुपैयाँ विदेशी साहयता परिचालन गराईदिने, अरबौँ रुपैयाँको उद्योग व्यवसाय चलाउन र लाखौं नेपालीको रोजगारी सृजना गरिदिने विदेशीको राजनैतिक हैसीयत सहितकोनेपाली नागरिकता नहुँदा यो हाल भयो । मर्दा समवेदना सन्देश समेत आएन भने भोलिका दिनमाअहिलेको पक्षपात पूर्ण नागरिकता कानूनले हामी बिदेशीएका नेपालीलाई राज्यले गर्ने व्यवहारयस्तै नरहला भन्न सकिन्न। आफनो राजनितिक स्वार्थ पूर्ति भएन भने विदेशमा बस्ने नेपालीलाई झनै दुःख दिइन्छ, त्यसैले अहिलेको नगरिकता कानुनमा परिवर्तन हुन जरुरी छ ।

-इन्दु भूषण गौतम हाल: भर्जिनिया

प्रतिक्रिया