हिन्दु धर्म नै सनातन परम्परा

इनेप्लिज २०८० कार्तिक ११ गते २०:३९ मा प्रकाशित

हिन्दु धर्म अरू धर्म जस्तै एउटा धर्म हो ।पौराणिक शास्त्रहरूले हिन्दु धर्मलाई धार्मिक परम्परा र दार्शनिक विद्यालयहरूको सङ्ग्रहको रूपमा वर्णन गरिएको भेटिन्छ ।यो जम्वुदिप अर्थात भारतीय उपमहाद्वीपमा उत्पत्ति र विकास भएको धर्म हो।संस्कृत भाषामा हिन्दु धर्मको ऐतिहासिक नाम नै सनातन धर्म थियोे ।त्यसको अर्थ “शाश्वत धर्म”, “अनन्त मार्ग” वा “अनन्त कानून” को रुपमा मानिएको भेटिन्छ ।

हिन्दु धर्मको जरा वैदिकतासँग जोडेर हेर्दा सिन्धु घाटी र द्रविड सभ्यतासँग जोडिएको छ। हिन्दु धर्म संसारको सबैभन्दा पुरानो र बहु-इश्वरवादी धर्म मानिन्छ। धर्म,कर्म,संसार,माया,मोक्ष,वैराग्य र योग जस्ता धार्मिक पदहरूले गर्दा हिन्दु धर्मलाई विशिष्ट धर्म मानिन्छ। हिन्दु धर्मका धेरै शास्त्रहरू लिखित छन्।यसरी लेखिएका शास्त्रलाई भाग कोटीको संख्याको प्रकारमा राखिएको छ।

सनातनीहरूको पहिलो शास्त्र श्रुति
दोस्रो शास्त्र स्मृति भनेर मानिन्छ ।

वेद हिन्दुहरूको सबै भन्दा पुरानो मुल ग्रन्थ हो । उपनिषद्,पुराण, रामाय, महाभारत, श्रीमद्भगवद गीता र अन्य धार्मिक तथा नीति जोडिएका अथवा हिन्दु धर्मलाई बचाउन,धर्मलाई राज्य सञ्चालन गर्ने विधि र पद्धतिसँग जोड्ने आधारपत्रको रुपमा लेखिएका साहित्य,साहित्यको माध्यमबाट विकास गर्न खोजिएको संस्कार र सामाजिक,आर्थिक रुपमा स्थापित गराइएको संस्कृति नै धर्म हो। हिन्दु धर्भको दर्शन वेद हो भने दर्शनसँग जोडिएर समाजको बहुआयामिक पक्षको विशेषता बनाइएका पक्षहरू धार्मिक सांस्कृतिक साहित्य हुन् ।अहिले पनि हिन्दु सनातनभित्र जोडिएका कतिपय परम्पराहरू तथ्य र सत्यमा होइन,आस्था र भरोसाका आधारमा मान्ने र धान्ने परम्परा छ ।यस्तो परम्परा र संस्कृति हेर्दा,धर्म र परम्परामा जोडिएको आदर्श देख्दा रमाइलो लाग्ने तर धान्न सार्है गाह्रो हुने गरेको देखिन्छ।

हिन्दु धर्म एक अर्ब पचास करोड वर्ष भन्दा बढी मानिसहरू द्वारा अभ्यास गरिएको धर्ममा पर्दछ । संसारमा हिन्दु धर्म तेस्रो ठुलो धर्ममा पर्दछ।नेपाल र भारतको जनसङ्ख्याको अधिकांश भुभागमा अधिकाँस हिन्दुहरूको बसोबास छ। दक्षिण एसियाको भुगोलभित्र ९६% हिन्दुहरू छन् ।

बङ्गलादेश,श्रीलङ्का,पाकिस्तान, इन्डोनेसिया,मलेसिया,सिङ्गापुर, मौरिसस,फिजी,सुरिनाम,गयाना, ट्रिनिडाड, टोबागो,संयुक्त अधिराज्य, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरू प्रसस्तै बसोबास गरेको पाइन्छ।

हिन्दु शब्द हिन्द-आर्य/संस्कृत मूल सिन्धुघाटीको मानव बस्तीको विकास सँगै जोडिएर आएको हो ।यो भारतीय उपमहाद्वीपको उत्तरपश्चिमी भागमा रहेको सिन्धु नदीको नामसँग जोडिएको सव्यता हो ।

संस्कृतमा, सनातन धर्मले लगभग “अनन्त कानून” वा कम शाब्दिक रूपमा, “अनन्त मार्ग” लाई अनुवाद गरेको मानिन्छ। पाली भाषामा, समकक्ष शब्द धम्मो सनातनो भनेर पढाइन्छ / बोलिन्छ।

नेपाली भाषामा संस्कृत तत्सम धर्म शब्दलाई, संस्कृतमा कानुनको रुपमा वा अधिक शाब्दिक रूपमा समर्थन गरेको भेटिन्छ ।अथवा दृढता पूर्वक स्थापित खोजेको भन्ने अर्थ लाग्ने गर्छ ।

सबै धर्मावलम्बीले धर्मलाई निष्ठाको आधारस्तम्भको रूपमा प्रयोग गर्ने गरेका छन् ।

हिन्दु धर्ममा ૐ लाई धार्मिक प्रतीकको रूपमा प्रयोग गरिन्छ । यसको सुभारम्भ कैलाश पर्वतबाट भएको मानिन्छ।हिन्दु धर्म शास्त्रीय शब्द,अन्ध परम्परा र धार्मिक परम्परागत काल्पनिक बिम्बले ढाकेको साथै परम्परागत विचारहरूको व्यापकताको कारण ठोस रुपमा परिभाषित गर्न निकै गाह्रो देखिन्छ ।

हिन्दु धर्मले अध्यात्म र परम्पराहरूमा विचारहरूको विविधता समावेश गरेको छ । यसमा चर्चको जस्तो आदेश छैन ! निर्विवाद धार्मिक अधिकारीहरू पनि छैनन् । कुनै शासकीय निकायको अधिनमा पनि छैन र कुनै अगमवक्ता(हरू) वा कुनै एक पवित्र पुस्तकहरूमा मात्रै सिमित छैन ।

हिन्दुहरू खुला रुपमा बहुदेववाद सर्वधर्मवाद,पाण्डेस्ट्रिक, हेनोथेस्टिक, एकेश्वरवादी, अद्वैतवादी, अज्ञेयवादी,नास्तिक वा मानवतावादी हुन र रोज्न सक्छन्।हिन्दु धर्मलाई धर्म, धार्मिक परम्परा, धार्मिक विश्वासको पक्ष र जीवन पद्धतिको अर्को पक्षको विभिन्न रुपमा परिभाषित गरिएको भेटिन्छ ।

हिन्दु धर्मको सबैभन्दा पुरानो स्वरुप लोक विश्वास हो । लोक विश्वासलाई आधार मानेर स्थानीय शक्ति र भक्ति पिठहरूको पूजा र आराधना गर्नु हिन्दु धर्मको मुल विशेषता मानिन्छ ।

वैदिक शास्त्रहरूमा आधारित महत्त्वपूर्ण र प्राचीन ग्रन्थ ऋग्वेदलाई मानिन्छ।

वेदान्तिक उपनिषदहरूमा आधारित चार वेदहरूसँगै धार्मिक र दार्शनिक ग्रंथहरू पनि छन्। योगको दिशालाई पतञ्जलिको योग सूत्रमा प्रस्तुत र भक्तिसँग जोडिएको छ। हिन्दु धर्ममा भक्ति मार्गको मुख्य मार्ग वैष्णव परम्परा हो । यो अवधारणाको ढाँचा भित्र पहिचान गरिएका अन्य समूहहरू या सम्प्रदायहरू अन्तर्निहित छन्।

हिन्दु धर्ममा कुनै पनि सामान्य या विशिष्ट प्रकारको केन्द्रीय सिद्धान्त छैन। सबै हिन्दु परम्पराहरूको लागि आधिकारिक ग्रन्थ शास्त्र वेद नै हो । धेरै हिन्दुहरूले आफूलाई कुनै पनि विशेष परम्परासँग सम्बन्धित ठान्दैनन्। विद्वानहरूले आधुनिक हिन्दु धर्ममा चार मुख्य दिशाहरू छुट्याएका छन् ।

शाक्त देवी
शैव (शिव)
वैष्णव (विष्णु)

पाँच देवतालाई समान स्वरुप मानेर पाञ्चायन पुजा गर्ने परस्पर हिन्दुहरूको हो ।हिन्दु धर्मले असंख्य दिव्य प्राणीहरूको अस्तित्वलाई स्वीकार गरेको छ ।धेरै हिन्दुहरूले देवताहरूलाई एकल अवैयक्तिक निरपेक्ष वा परम वास्तविकता वा ईश्वरको रूपमा मान्ने र पुजा गर्ने गरेको पाइन्छ । केही हिन्दुहरूले एक विशिष्ट देवताको सर्वोच्चतालाई प्रतिनिधित्व गरेको र सर्वोच्च ठाने र कर्मप्रति विनाफल समर्पित गरेको र त्यहि विश्वासमा जीवनको सम्पूर्ण पक्षलाई जोडेको पनि पाइन्छ ।

हिन्दुहरूको विश्वासका प्रमुख विषयवस्तुहरूमा धर्म (नैतिकता/कर्तव्यहरू), संसार (आकांक्षाहरू र परिणाम स्वरूप जन्म, जीवन, मृत्यु र पुनर्जन्म), कर्म (कार्य, अभिप्राय, र परिणामहरू) समावेश भएका छन् । मोक्ष (लग्न र संसारबाट मुक्ति), र विभिन्न योगहरू (मार्ग वा अभ्यासहरू)पनि महत्त्व छन् ।

हिन्दु धर्ममा धर्मलाई मानवको प्रमुख लक्ष्य मानिन्छ। धर्मको अवधारणाले जीवन र ब्रह्माण्डलाई सम्भव बनाउने क्रम, कर्तव्य, अधिकार, कानून,आचरण,सद्गुण र “जीवनको सही तरिका समावेश गर्ने व्यवहारहरू समावेश गरेकोछ।

अर्थ भनेको जीविकोपार्जन, दायित्व र आर्थिक समृद्धिका लागि धनको वस्तुगत र सद्गुणको खोज गर्ने माध्यम भनिएको छ। यो राजनीतिक जीवन,कूटनीति र भौतिक कल्याणको विषयसँग जोडिएको छ।

अर्थ अवधारणामा सबै जीवनका साधनहरू, गतिविधिहरू र स्रोतहरू समावेश हुनुपर्छ भनिएको छ।यसले व्यक्तिलाई राज्यमा हुनसक्नेसम्म सक्षम बनाउँनु पर्दछ । धन, क्यारियर र वित्तीय सुरक्षाको विषय जोडिएको छ तर काम भनेको चाहना,इच्छा,जोश,लालसा, इन्द्रियको आनन्द,जीवनको सौन्दर्यपूर्ण आनन्द, स्नेह, वा प्रेम, यौन अर्थ सहित वा बिना पनि जोडिन्छ भनिएको छ।

मोक्ष हिन्दु धर्ममा परम ( महत्त्वपूर्ण लक्ष्य) लक्ष्य मानिएको छ।मोक्षसँग दुःख, कष्ट र संसार (जन्म-पुनर्जन्म चक्र) बाट मुक्तिसँग सम्बन्धित अवधारणा जोडिएको छ। यसलाई एस्केटोलोजिकल चक्रबाट मुक्ति(जीवन पछि) विशेष गरी हिन्दु धर्मका ईश्वरवादी विद्यालयहरूमा मोक्षका लागि जीवन र जगतको पहिचान भनिएको पाइन्छ ।

कर्मले शाब्दिक रूपमा कार्य, काम भनेर अनुवाद गरेको छ । यो विषयले कारण र प्रभावको नैतिक कानूनको वैदिक सिद्धान्तलाई पनि जनाउँछ। यो जन्म,जीवन,मृत्यु र पुनर्जन्मको चक्रलाई संसार भनि व्याख्या गरिएको भेटिन्छ । मोक्षको माध्यमले संसारबाट मुक्ति लिन र दिगो सुख र शान्ति सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास गरिन्छ।

हिन्दुका लागि जीवनको अन्तिम लक्ष्य प्राप्त गर्न ऋषिहरूले दिएका धेरै योग विधिहरू छन्। विभिन्न प्रकारका योगको वर्णन गर्ने आधारभूत ग्रन्थहरूमा श्रीमद्भगवद गीता, योग सूत्र, हठयोग प्रदीपिका र उपनिषदहरू समावेश छन्।

योगका मुख्य प्रकारहरूलाई अनुसरण गरेर उच्चतम आध्यात्मिक पूर्णता (मोक्ष वा समाधि) प्राप्त गर्न सम्भव छ भनिएको छ।
भक्ति योग : प्रेम र भक्ति मार्ग
कर्म योग : सही कार्यको बाटो
राज योग : ध्यान को मार्ग
ज्ञान योग : ज्ञान वा बुद्धिको मार्ग
र ईश्वरको अवधारणा,चिन्ता र चिन्तन गर्नु पर्छ भनिएको भेटिन्छ ।

धेरै हिन्दुहरूले ब्रह्माण्डको सृष्टि गर्ने, कायम राख्ने र नष्ट गर्ने ईश्वरीय वास्तविकतालाई स्वीकार गर्छन्, तर केही हिन्दु सम्प्रदायहरूले यो विचारलाईअस्वीकार गर्छन्। धेरैजसो हिन्दुहरू एक विश्वव्यापी ईश्वरमा विश्वास गर्छन् जो एकै साथ प्रत्येक जीवित प्राणी भित्र छ र जसलाई विभिन्न तरिकामा सम्पर्क गर्न सकिन्छ भनेर व्याख्या गर्दछन् ।यो धर्मको लचकता हो ।

पुराण र हिन्दु महाकाव्यहरू

“महाभारत” र “रामायण”ले समाजमा धर्मको पुनर्स्थापना गर्न र मानवतालाई मोक्ष (जन्म र मृत्युको चक्रबाट मुक्ति) तर्फ लैजानको लागि कसरी देवताहरू मानव रूपमा पृथ्वीमा अवतरण गर्छन् भन्ने बारे धेरै कथाहरूमा वर्णन गरिदिएयको अवस्था छ ।यस्ता देवताका रुपको परिकल्पनालाई “अवतार” भनिन्छ।

विष्णुका सबैभन्दा महत्त्वपूर्ण अवतारहरू (जसलाई वैष्णव अधिकांश अनुयायीहरूले ईश्वरको मूल रूप मान्छन्) कृष्ण र राम हुन्। हिन्दु धर्मको अधिकांश वैष्णव परम्पराहरूमा, कृष्णलाई विष्णुको पूर्ण अवतार मानिन्छ, जसमा व्यक्तिगत निरपेक्षताका सबै दिव्य गुणहरू प्रकट हुन्छन्। गौडिया वैष्णववाद, पुष्टिमार्ग र निम्बार्क सम्प्रदाय जस्ता वैष्णववादका प्रवाहहरूमा, कृष्णलाई स्वयं-भगवानको रूपमा पूजा गरिन्छ।

आध्यात्मिक साधनाको अन्तिम लक्ष्यलाई “मोक्ष”, “निर्वाण” वा “समाधी” जस्ता शब्दहरूद्वारा चिनाइएको छ। हिन्दु धर्मका विभिन्न दिशाहरूलाई विभिन्न तरिकाले बुझिन्छ ।

भगवानसँग एकताको जागरूकता
परमेश्वरसँगको अनन्त सम्बन्धको जागरूकता र उहाँको निवासमा फर्कन परमेश्वरको शुद्ध प्रेमको आवश्यकता चाहिन्छ भनिएको छ । यो धर्मप्रति विश्वास जगाउन भनिएको हो ।

हिन्दु धर्मको धारणपछिका उपलब्धिहरू
सबैमा एकताको चेतना,स्वयम साँचो आत्म महसुस गर्दै,पूर्ण शान्ति प्राप्त गर्न,भौतिक इच्छाहरूबाट पूर्ण स्वतन्त्रता
स्वर्ग र नरकको अवधारणामा लिन हुने भन्ने हो ।

लोक र त्रैलोक्य भनेर हिन्दु धर्मका साहित्य पुराणहरूमा नरक र स्वर्गको अवधारणा प्रस्तुत गरिएको छ। यसले अनगिन्ती स्वर्गीय र नरकीय लोकहरू जस्तै ग्रह वा अस्तित्वका विमानहरूको वर्णन गरेको छ ।मृतकहरूलाई उनीहरूले गरेका कर्मको आधारमा राम्रो वा नराम्रो कामको आधारमा पुन्य मोक्ष पापपूर्णमा पुरस्कृत वा सजाय दिइन्छ भनिएको छ। आत्माको नरकीय सूक्ष्म क्षेत्रहरूमा झरेको अवस्थालाई यसरी प्रस्तुत गरिएको छ-” आत्मालाई खाना र पानीको बलिदानद्वारा त्यो अवस्थाबाट उद्धार गर्न सकिन्छ ।” त्यो अन्तिम अवतार हो । यो कार्यका कर्ताको रुपमा छोराछोरी र नातिनातिनाहरूले जोडिएको अवस्था छ। तर महिला छोरी र बुहारीको रुपमा अपमानित स्थान रहित प्रजननको सहयोगी,कामयोगको पात्रको रुपमा मात्रै चित्रण गरिएको छ।त्यस्तै स्वर्गीय वा नरकीय ग्रहहरूमा निश्चित समय बिताएपछि, आत्मा विभिन्न भौतिक तत्वहरू (पृथ्वी, जल, वायु, अग्नि, ईथर र अन्य सूक्ष्म तत्वहरू) मार्फत पुन जन्म हुन जान्छ र अन्तमा चौरासी लाख प्रकारका शरीरहरू मध्ये एकमा पुनर्जन्म हुन्छ भनिएको छ। सनातन धर्मभित्र जोडिएका हरेक पक्षसँग परिकल्पना,भोगाइ ,विश्वास, त्याग, समर्पणको जीवन पद्धतिको लक्षभित्र अदृश्य शक्ति र समर्मित जीवनको दुनियाँमा बाच्न सिकाएको छ।यो आदर्श नै सनातन धर्मको रुपमा जोडिएको छ

सीता ओझा
२०८०/०७/०८

प्रतिक्रिया