एफआरएनएमा गेष्ट मेम्बरको परिकल्पना

मित्र लाल पार्दे २०८० कार्तिक १० गते २१:२५ मा प्रकाशित

मित्र लाल पार्दे । एफआरएनए कार्यसमितिमा प्रवेश हुनको लागि चुनाव प्रकृयाको परिकल्पना गरिएको छ तर चुनावी प्रक्रियाको रुपरेखामा आमुल परिवर्तन हुने गरी निर्माण गरिने रुपरेखा तयार पारिएको छ ।

चुनावमा उठ्नको लागि पैसा नै हुनुपर्छ भन्ने सोचलाई निरुत्साहित गर्ने परिकल्पना अनुसार रुपरेखा तयार पारिएको छ ।

एफ आर एन एमा कुनै पनि सकृय सदस्य हुन अनिवार्य चुनावबाट मात्रै प्रवेश गर्नु पर्ने परिकल्पना गरिएको छ चुनाव प्रक्रियामा आमुल परिवर्तन हुनेछ जुन चुनावको रुप रेखा नै आज सम्म भैरहेको कुनै पनि संघ संस्था भन्दा नितान्त फरक शैलिको हुनेछ । त्यो चुनावको मोडालिटी अनि प्रक्रिया नै पछि एक दिन न एक दिन अरु संघ संस्थाहरुले कार्यान्वयन गर्नेछन् ।

हालसम्म पुरै नेपाल भर वा बिश्व भर भएका संस्थाहरु एउटै मोडेलबाट गुज्रेको हुनाले उनिहरुले आफ्नो बिधानमा आमुल परिवर्तन गर्न सक्दैनन् र हामी त्यहि मोडेलमा भएको संस्थामा पुगे पनि केहि परिवर्तन त गर्न सकौला तर आमुल परिवर्तन गर्न सक्दैनौ ।

किन कि ती संघ संस्थाहरुको बिधानहरु मान्नु हाम्रो कर्तव्य पनि हो । हाम्रा अग्रजहरुले निर्माण गरेको घरमा पुरै घरको स्वरुप परिवर्तन गर्न अलि गार्हो पर्छ पनि यद्यपि उहाहरुले निर्माण गरेको घरलाई सम्मान गर्दै हामी आफ्नो बाटो निर्माण गर्नुपर्ने हुन्छ । संस्थागत रुप रेखामा आमुल परिवर्तन गर्नको लागि परिकल्पना अनुसार जनमानसमा बुझाउदै अगाडि बढ्नुपर्ने हुन्छ र जनमानसले एक दिन बुझ्नेछन् पनि ।

हालसम्म कुनै पनि संघ संस्थाको चुनावी प्रक्रिया र बिधानमा आमुल परिवर्तन हुने गरि निर्माण हुने एफ आर एन ए को चुनावी प्रक्रिया नितान्त फरक हुनेछ ।

चुनाव बिना एफ आर एन ए को कुनै पनि सक्रिय एफ आर एन ए परिवारमा समावेश हुन सक्ने छैनन् । चुनावी मोडेल कस्तो हो त भन्ने बारे प्रमाणित गरेर मात्र एफ आर एन ए अगाडि बढ्नेछ । साझा संस्था साझा उद्देश्य भएकोले यो परिवारमा उद्देश्य पुरा गर्न लागि पर्नु हुने ब्यक्तिहरुलाई साथ दिनु हरेक सदस्यहरुको परम कर्तव्य हुनेछ । एक सदस्यले अर्को सदस्य माथी सदभाव राख्नु एफ आर एन हरुको कर्तव्य हुनेछ ।

एफ आर एन ए सदस्यमा गेस्ट मेम्बरको पनि परिकल्पना गरिएको छ । गेस्ट मेम्बरलाई रेस्पेक्ट गर्नु हरेक एफ आर एन सदस्यहरुको कर्तव्य हुनेछ । गेस्ट मेम्बर नेपाली मुलको बिदेशी नागरिकहरु अथवा नेपाल र नेपालीलाई माया गर्ने र साथै जो एफ आर एन को उद्देश्यमा साथ दिनेछन् तिनिहरु गेस्ट मेम्बर हुनेछन् । गेस्ट मेम्बरमा बिदेशी नागरिक्त्ता लिएका नेपालीहरु तथा नेपाली मुलको बिदेशमा हुर्केका सन्तानहरु पनि हुनेछन् ।

गेस्ट मेम्बरहरुलाई सम्मान गर्नु हरेक हरेक एफआरएनहरुको परम कर्तव्य हुनेछ ।

एफ आर एन केन्द्रीय ठाउँमा पुग्न पैसा नै बाधक तत्व हुने छैन । मेहनत लगनशिलता शिक्षा सोच योगदान त्याग सामुहिक भावना सबैको अपनत्व अनि मुल्यांकन हुने गरी फरक ढाचामा फरक शैलीमा अगाडि बढाइने नितान्त नयाँ मोडेलको संस्थागत परिकल्पना एफ आर एन मा गरिएको छ ।

प्रतिक्रिया