अष्ट्रेलियाले गाजालाई थप १ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बुधबार गाजाका नागरिकहरूलाई थप १ करोड ५० लाख डलरको मानवीय सहायता दिने घोषणा गरेका छन् । प्रतिज्ञा गरिएको कुल सहयोग अब २ करोड ५० लाख अर्थात् 25 मिलियनमा पुर्याएको छ।
“अष्ट्रेलियाले पहिले नै प्रतिबद्ध गरिसकेको १० मिलियनमामा पुन १५ मिलियन थप गरेको छ र आपतकालीन पानी र चिकित्सा सेवाहरू जस्ता जीवन रक्षकको लागि सहायता प्रदान गर्न मद्दत गर्नेछ,” अल्बानीजले वाशिंगटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा भने।
अल्बानीजले पनि “हमासको आतंकवाद” को निन्दा गरे र भने “हामी हरेक निर्दोष जीवनको क्षतिको लागि शोक गर्छौं, चाहे त्यो इजरायली होस् वा प्यालेस्टिनी होस्।”
बुधवार अष्ट्रेलियाले गाजामा “शत्रुतामा मानवीय विराम” को लागी आह्वान गरेको छ । नागरिकहरूलाई सुरक्षित मार्गमा आपूर्ति गर्न अनुमति दिन विदेश मन्त्री पेनी वोंगले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
चीनले गाजा भूभागलाई करिब २.०५ मिलियन डलरमानवीय सहायता उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ।
प्रतिक्रिया