भाइरल टेलरवाली निशा रणपालको ‘तिमी पनि एक्लै म पनि एक्लै’  ( भिडियो )

इनेप्लिज २०८० कार्तिक ९ गते १०:५२ मा प्रकाशित

काठमाडौं – गायक राजु प्रिती र  गायिका निशा रणपालको युगल गायनमा रहेको ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द,संगीत हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको रहेको छ। डान्सिङ भर्सनको यस गीतमा  युवा प्रेम र आकर्षणको भावलाई व्यक्त गरिएको छ। गीतमा सरोज बिष्टको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  बिरेन्द्र भट्टले छायाँकन गरेको यस  गीतको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार तथा संगीतकार  डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडियो सार्वजनिक गरिएको  हो।

प्रतिक्रिया