ट्रम्प र उनका पूर्व वकिल माइकल कोहेन न्यूयोर्क ठगी मुद्दामा मुखामुख

इनेप्लिज २०८० कार्तिक ८ गते १३:१४ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल र लामो समयदेखि उनको काम गर्न माहिर वकिल माइकल कोहेनले मंगलबार पाँच वर्षमा पहिलो पटक आफ्नो पूर्व प्रमुख संग आमनेसामने अर्थात् मुखामुख भएका छन ।

उनले व्यक्तिगत रूपमा धोखाधडी सम्पत्ति मूल्याङ्कनमा अधिकृतको रुपमा काम गरेको बयान दिए ।

ट्रम्पलाई हेर्दै, कोहेन न्यूयोर्कमा ट्रम्पको देवानी मुद्धा (सिभिल फ्रड)सुनुवाईमा उपस्थित भए । उनले अदालतलाई ट्रम्प संगठनको भित्री कार्यको बारेमा आफ्नो ज्ञानको बारेमा बताए। कोहेन एक कार्यकारी उपाध्यक्ष र ट्रम्पका वर्षौंसम्म सल्लाहकार थिए ।

ट्रम्प र उनका सह-प्रतिवादीहरू देवानी (सिविल )मुद्दामा आफ्नै आर्थिक लाभका लागि सम्पत्तिको मूल्य बढाएको आरोप लगाइएको छ। न्यूयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले २५० मिलियन फिर्ता लिन खोज्दैछिन भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

उनले अदालतलाई ट्रम्पको न्यूयोर्कमा व्यापार गर्ने क्षमतामा धेरै प्रतिबन्ध लगाउन आग्रह गरिरहेकी छिन्।

मुद्दामा न्यायाधीशले पहिले नै ट्रम्प र उनका सह-प्रतिवादीहरूलाई धोखाधडीको लागि उत्तरदायी पाएका छन्, र अभिलेखको झूटोकरण, षड्यन्त्र र बीमा धोखाधडी सहित अन्य आरोपहरूमा मुद्दा चलिरहेको छ।

कोहेन सन् २०१८ सम्म ट्रम्पसंग जोडिएका थिए । उनले चुनावी अभियानको वित्तिय उल्लङ्घन र कांग्रेसलाई झूट बोलेको संघीय आरोपहरूमा दोषी स्वीकार गरेका छन् ।

कोहेन यस मामलामा ट्रम्पको विरुद्ध एक प्रमुख साक्षी हुन् । ट्रम्प र उनका अन्य सह-प्रतिवादीहरूले सबै गलत कामहरू अस्वीकार गरेका छन् ।

प्रतिक्रिया