मेरिल्याण्डमा हुर्केका इजरायली सैनिक लेबनान सीमामा क्षेप्यास्त्र आक्रमणमा मारिए

इनेप्लिज २०८० कार्तिक ५ गते २३:५० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड रकभिलमा हुर्केका इजरायली सैनिक लेबनान सीमामा गत शुक्रबार लेबनान क्षेप्यास्त्र आक्रमणमा मारिएका छन् । इजरायलमा कारबाहीमा अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी विदेश बिभागले जनाएको थियो ।

डब्लुटिओपीले जनाए अनुसार सामाजिक संजाल इन्स्टाग्राममा मार्फत एक , चार्ल्स ई. स्मिथ यहूदी दिवा बिद्यालयले उक्त बिद्यालयमा अध्ययन गरेका र इजरायली आमाबाबुको सन्तान २२ वर्षीय ओमर बल्वाको मृत्यु भएको घोषणा गरेको छ ।

बल्वा इजरायली रक्षा बलमा सेवा गरिरहेका थिए र उनलाई भर्खरै आरक्षित कर्तब्य (रिजर्भ ड्युटी)को लागि बोलाइएको थियो। उनि गत हप्ता अमेरिकामा थिए भने उनलाई आरक्षित (रिजर्भ )सेवामा बोलाइयो, तुरुन्तै लडाईको लागि इजरायल फर्किएको टाइम्स अफ इजरायलले समाचार लेखेको छ।

मृतक बल्वा सँग इजरायली-अमेरिकी दोहोरो नागरिक रहेको थियो । हामी उनको दुखद निधनमा परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं भनि विदेश विभागका प्रवक्ताले शनिबार एक विज्ञप्तिमा मार्फत जानकारी गराएका थिए ।

प्रतिक्रिया