त्रुटीपूर्ण नागरिकता कानुन र यसले उब्जाएको समस्या!

इनेप्लिज २०८० कार्तिक ५ गते २०:३२ मा प्रकाशित

मैले पहिलो पटक रामकुमारी झाँक्रीको कुण्ठा, पूर्वाग्रह र शताब्दी पुरानो सोचको भाषण सुनें, लाग्यो परिस्थिति (context ) माहौल त्यस्तै बन्यो होला र कुनै सोच र पूर्व तयारी बिना extempore बोलेको होला। विद्यार्थी नेता जस्तो बिना जिम्मेवारि बोलिन होला भन्ने ठानेको थिएँ तर त्यसो होईन रहेछ, उनलाई आफ्नो भनाईमा कुनै गल्ती र पछुताउने कुरा केहि नभएको र जे भने म ठीक र सही छु र ती रेस्टुरॉ वाला धेरै नपढेको सानो पूँजी भएका विदेशिएका नेपाली नगरिकता त्यागेका भन्ने कुरा त्यहि हो त्यहि भनें। यहाँ भन्दा बेसी उनीहरुलाई अधिकार दिन सकिदैन, अरु थप माग थप्दै जानु पर्छ हिजो आज उनको यो थप अभिव्यक्ति आईरहेको छ। केहिले लेखे नेपालीलाई अल्पमतमा पारेर भारतीयका हुल बिहारी हुल्ने विद्यमान नागरिकता कानूनको त्रुटी सच्याउनु पर्छ र एन आर एन ए लाई वंशज को नगरिकता दिनुपर्छ । उनि कुन हैसीयतमा त्यहा गएकी हुन् र उनको भनाइ समाजबादी पार्टीको हो होइन ? उनको भनाइ प्रती सरकारको धारणा के हो ? यो प्रष्ट भएन, त्यो कुनै दिन होला ।

झाँक्रीको अबुझपन “नागरिकता त्यागेका ” भन्ने शब्द सुन्दा अनौठ लाग्यो । एक जना संग बिबाह गरेकोले अर्को संग बिबाह गर्नु पूर्व “divorce” गरे जस्तो हैन अमेरिका युरोपका नागरिकता लिंदा कतैको केहि त्याग्ने भन्ने हुँदैन , त्यागिदैन । मैले भेटेका केहि मित्रहरु ३ वटा देशको नागरिकता भएका छन् ,कानुनत: त्याग्ने भन्नेनै हुँदैन ।

झाँक्रीको भाषण पछि नेपाली सामाजमा जुन विभाजन रेखा खडा गरियो त्यो दुखद छ। ९०% नेपालीले स्वदेश विदेश जहॉ मिल्छ त्यहीं केहि गरेर खाउ भन्छन् ।उनको अभिव्यक्तिलाई स्याबासी दिने सिमित १० – १५ प्रतिशत सत्ताको स्वाद मार्ने, भ्रस्ट कर्मचारी, नेपालमा सिन्डिकेट आदि चलाएर लुटपाट मच्चाउने, डलर खेतिका एन जी ओ, आदिको जोडदार समर्थन पाइयो भने अधिकाँस नेपालीको बिमति पाईयो। केहि सामन्ति सोच भएका नेपालीहरु जसको बिदेशीको भिसा रिजेक्ट भएका र जान ढङ्ग नभएका , ऑट क्षमता नभएका, आफ्ना छोरा छोरीको भविष्य नसोच्ने , कोरा ढोंगी र जीवनको सहि र स्पष्ट योजना नभएका , भ्रष्टाचार गर्न पाएका , दुई नम्बरी गरेर अकुत सम्पत्ति कमाएका , टोले – चुल्ठे-मुन्द्रे , पुर्खाको सम्पत्तिले मातिएकाहरुले आखिर जानेकै के हुन्छ र इर्स्या डाहा र बिरोध गर्नु बाहेक त्यसलाई स्वाभाविकै रुपमा लिएको छु ।

धेरै जसो नेपालीको सोचाइ नेपालीलाई अल्पसँख्यक बनाएर हुलका हुल बिहारी हुल्ने रणनीति यो सरकारको हो भनेका छन् । नागरिकता दिने कुरामा कांग्रेस एमाले एमाओवादी राप्रपा तयार छन् यो भारतीय अवरोध हो भन्ने उनीहरु नेपालका नेपालीको ठम्याई छ ।

अर्को कुरा “भ्रष्ट्राचार नगर, सुशासन देउ भन्ने सबै स्वदेश होस् या बिदेशका नेपालीको फेसबुकमा बिहान बेलुकी स्टाटस लेख्छन् त्यो झन राम्रो हो , सामाजिक सञ्जालबाटनै हो प्रेसर दिनु पर्छ । जसरी सामाजिक सञ्जाल बाटै Arab Spring 2010 बाट अरब उत्तर अफ्रिकाका मुलुकका पुराना सत्ता ढले या धेरै देशमा सुधार आएका थिए ।।

झाक्रीको कुण्ठायुक्त भाषण prejudice भन्नाले श्रम गर्ने माथि विभेदपूर्ण , पूर्वाग्रही , Job hierarchal discrimination देखियो जो बेलायती औपनिबेश भारतीय अन्धबिस्वासले सिकाएको गलत शिक्षाकै उपज हो । “रेष्टुरॉमा काम गर्ने ” “कम स्किल भएका ” जस्ता शब्द प्रयोग गरिए र अझ पछिका अन्तरवार्ताहरुमा white color jobs गर्ने , पढेलेखेका , धेरै सम्पति कमाएर देशमा लगानी ल्याउन चाहने जस्ता विभेद पूर्ण वाक्यॉशहरु भनिएको हुँदा उनको भनाइमा निश्चित ब्यबसाय गर्ने बाहेक अरुको इज्जतनै गर्न नसकेको सामन्ति सदियौं पुरानो सोच देखियो ।

झॉक्रीले भनिन “औंलो दिँदा डुडुंलो निल्ने ” झाक्री ले के दिने ?? को हुन् उनि दिने ?? के अधिकार छ ?? अनि कसले माग्ने ?? यहाँ कसैले लिने दिने , निगाहा खोजिएको हैन । त्रुटिपूर्ण नागरिकताको कानून छ अब चॉही सच्याउ र आफ्ना नागरिकलाई अनागरिक नबनाउ भनेको मात्र हो ।

हामी प्रष्ट होऔं कि International migration is a global phenomenon यो संसारभरीनै व्याप्त छ र यो कुनै समस्या हैन यो trend नै यस्तो बन्यो , अरु देशले यसलाई आफ्नो देशको बिकासमा लगाएका छन् तर नेपालले यसलाई समस्या र झन्झट भन्यो र अझै यस्तै झिनामसिना कुरामा अल्झिएको छ ।

झाँक्री जस्तै यी महिला हरु हुन् यी नेत्रीहरु पनि , जसले बिदेशमा पढे, बिदेशमा धेरै बर्ष बसे, बिदेशमा काम गरे अनि देशले यिनको आबस्यकता महसुस गर्यो फर्किए काम गरे र महत्वपूर्ण रिजल्ट देशले पायो ठुलै उपलब्धि भयो जसमा Joyce Hilda Banda , Christine Lagarde, Hina Rabbani Kha, Okonjo-Iweala , Gintarė Skaistė , Ellen Johnson Sirleaf, आदि आदि , सफल महिला नेत्री बिस्वमै गनिन्छन् । त्यस्तै जीवनमा धेरै समय विदेशमै बिताएका गान्धी , नेहरु, पटेल, रघु राजन, मनमोहन सिंह हाम्रो छिमेक तिरै राम्रो काम गरे अरे भन्छन् भारततिर । गणेश मान सिंह ले पनि बहुदल पछिको पहिलो अर्थमन्त्री हुन सुख देव शाह लाइ अनुरोध गरेको सुनेको थिएँ । मैले भन्न खोजेको अरु देशमा diaspora for development को मोडालिटी राम्रो चलेको छ र सफल छ । मेरो व्यक्तिगत अनुभव पनि diaspora for development कार्यक्रम UNDP लाईबेरिया लगायतमा काम गर्दा केहि देशमा UN ले चलाएको यो कायर्क्रम निकै सकारात्मकनै रिजल्ट आयो र यसमा मलाई विश्वास पनि छ । म कुनै पनि व्यक्तिको Interpersonal behavior and relationships ले राष्ट्रको निती निर्माणमा कुनै असर गर्नु हुदैन भन्छु नत्र सनकका भरमा राणा शासन र बहुदलमा के फरक पर्यो ?

अहिलेको यस घटनालाइ हेर्न हामी अलि Bigger Picture मा जाऔं र बिगतका घटनालाई जोडेर हेरौं ।

नेपाललाई नाकाबन्दी लगाएर जब भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमणमा थिए लाखौं NRNA नेपालीको जुलुसले नारा घन्कायो “नेपालमा नाकाबन्दी नगर, पारवहान सन्धि तुरुन्त गर । बेलायतले नचाहँदा नचाहँदै यो ठुलो प्रेसर ग्रुप सृजना भयो र घटना घट्यो । त्यस्तै जुलुस NRNA को न्युयोर्क ब्रसेल्स, वासिङ्गटन , सिड्नी , टोकियोमा देखिए, बिदेशी मिडियाले लेखे देखाए । भुकम्प पिडित नेपालीमाथी भारतीयको क्रुर चाल एंव भारतको मानवताबिरोधि कर्तुत संसारसामु उदाङ्ग भयो । ससारका ४४ वटा भू-परिबेष्ठित देशहरुलाइ यसरी पारवहान सुबिधा छिमेकीका लागि नदिने इरिट्रीया र भारत मात्र हुन् । हामीहरू सबै जना स्पष्ट हुनु जरुरि छ कि यो भारतीय र अभारतीयहरु को ठाडो निर्देशन छ एन आर एन ए लाई पूर्ण अधिकार सहितको दोहोरो नागरिकता नदेउ भन्ने र यो पास हुन नदिनमा भारतले अबरोध , बिरोध गर्छ नै । भारतले भरसक दिदैंन कारण जसरी अहिले नेपाल माथि ज्यादती गरिरहेछ त्यो गर्न पाइदैन, अनि नेपालको जलश्रोत माथि कब्जा जमाउन पाइँदैन भनेर भारतले जहिले पनि खेल्ने भनेको Population manipulations मै हो भुटान, फिजी, उगान्डा मा त्यही गर्यो ।

नेपालका असहयोगी ,कपटपूर्ण र मिचाहा छिमेकी भएकोले नेपालको कुटनीति इतिहासकै कमजोर छ,त्यसको लागि एउटा STRONG diaspora चाहिन्छ । कमजोर कुटनीतिकै कारण हामी बिश्व रङ्गमन्चमा धेरै पछाडी परिसकेकाछौं, त्यसैले एन आर एन ए माथी पनि यो थप जिम्मेवारी छ । एन आर एन एले आफ्नो अथाहा मानबिय श्रोत परिचालन गरेर नेपाल सरकारको कुटनैतिक क्षेत्रमा जुन “GAP” या कमजोर उपस्थिति छ त्यसलाई मजबुद बनाउनु पर्छ ।

हामीले देखेकाछौं इजरायल दह्रो भएर उभिनेमा एउटा कारण उसका STRONG diaspora भएर पनि हो । जापान , कोरियाको diaspora पनि STRONG छ कारण ति देशले आफ्ना बिदेशमा बसेका नागरिक माथी कुनै विभेद गरेका छैनन् । त्यसैले नेपालले पनि वर्तमान संसद र सरकारले यो त्रुटीपूर्ण नागरिकता कानुन तुरुन्तै सच्यावोस र एन आर एन ए लाई STRONG diaspora बन्न सघावोस र यसको फाइदा देशको हितमानै लगावो स ।

रामकुमारी झॉक्रीको जस्तो सोचले उत्तर कोरियाको जस्तो कन्ट्रोल , बन्द समाज परिकल्पना गरेको देखिन्छ । ३ करोड नेपाली चाहन्छन् दक्षिण कोरिया जस्तो स्वतन्त्र , खुला र सम्बृद्ध समाज ।

लेखक:~ इन्दुभुषण गौतम ( पूर्व कर्मचारी सयुक्तरास्ट्र सङ्घीय बिकास कार्यक्रम UNDP )
हाल:~ भर्जिनिया,अमेरिका

प्रतिक्रिया