एन्काको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० कार्तिक ५ गते १५:२२ मा प्रकाशित

बडा दशै २०८० को उपलक्ष्यमा Association Of Nepali in Kentucky America(ANKA) को आयोजनामा चियापान भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम संस्थाका अध्यक्ष सन्त कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि पदाधिकारी समाजसेवी तथा समाजका प्रतिष्ठीत व्यक्तिहरुको उपस्थिती थियो ।साथै लेक्जिड्गटन रसको आसपास बसोबास गर्नुहुने नेपालीहरुको वाक्लो उपस्थिती थियो । कार्यक्रममा एनआर एन ए केन्टकी च्याप्टरका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्री सरद बाबु ढकाल, ईनास केन्टकी च्याप्टरका अध्यक्ष श्री गोपाल नेपाल फिष्टे बि सि एल के का अध्यक्ष दिपेन अधिकारी लगायत समाजका अन्य प्रतिष्ठीत समाजसेवी अग्रज व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव भरत उप्रेतीले संचालन गर्नु भएको थियो ।

कार्यक्रम बोल्ने बक्ताहरुले शुभकामना दिनुका साथै संस्थाको आफ्नै भवन हुनुपर्ने र त्यसको पहल गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया