एल साल्भाडोर भाग्न खोज्ने दुई मेरील्याण्डका संदिग्ध बलात्कारी डलस विमानस्थलमा पक्राउ

इनेप्लिज २०८० कार्तिक ४ गते २३:५४ मा प्रकाशित

एल साल्भाडोर भाग्न खोज्ने दुई मेरील्याण्डका संदिग्ध बलात्कारीहरुलाई डलस अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ ।

भर्जिनियाको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अलग अलग रुपमा एल साल्भाडोर भाग्न खोजिरहेका दुई मेरील्याण्ड संदिग्ध बलात्कारीहरुलाई गत बिहीबार पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी भन्सार र सीमा सुरक्षाले पहिले ५३ वर्षीय ओस्कर अर्मान्डो हर्नान्डेज माटालाई बेलुका ५ बजे अघि एल साल्भाडोर प्रस्थानद्वारबाट पक्राउ गरेको थियो। गत बिहीबार सीबीपीको राष्ट्रिय लक्ष्य केन्द्रले डलसका प्रहरी अधिकारीहरूलाई सचेत गराएपछि उनीहरुलाई पक्राउ गर्न सकिएको थियो ।

उनि मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीको खोजमा रहेका थिए । उनलाई दोस्रो-श्रेणीको बलात्कार र नाबालिगको यौन दुर्व्यवहारको लागि पक्राउ पूर्जी र सन् २००६ मा एक अध्यागमन न्यायाधीशले हटाउन आदेश दिएका थिए भनि समाचार विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै ५३ वर्षीय कार्लोस अर्नेस्टो ओसोर्टो मोलिनालाई पनि करिब नौ घण्टापछि शुक्रबार दिउँसो २ बजे पक्राउ गरिएको थियो। उनी प्रिन्स जर्ज काउन्टी, मेरील्याण्डमा दोस्रो-श्रेणीको बलात्कारको पक्राउ पूर्जीमा खोजिरहेका संदिग्ध थिए।

दुबै जनालाई महानगरिय वाशिंगटन विमानस्थल प्रहरी बिभागलाई बुझाइएको छ।

प्रतिक्रिया