राजन बरालको ‘निशान्त’ को शब्द भएको “हाँस्दा अरूसँग, रुँदा मसँग” गजलको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०८० कार्तिक ३ गते १०:४० मा प्रकाशित

काठमाडौं । कवि तथा गजलकार नबराज बराल ‘निशान्त’ को शब्दमा आधुनिक गजल “हाँस्दा अरूसँग, रुँदा मसँग” सार्वजनिक भएको छ । यस गजलमा राजन बरालले सङ्गीत भरेका छन् भने स्वर पनि राजन बरालकै रहेको छ । मनोहर सुनामको एरेन्ज रहेको यस गजलमा सितारमा सीतामैंया राजथल, बाँसुरीमा गोपाल देव, तवला र रिदम भुवन गन्धर्व, स्याक्सोफाने र गितारमा मनोहर सुनामले साथ दिएका छन् । यस म्युजिक भिडियोको परिकल्पना, सम्पादन, छायाङ्कन, सिनेमेटोग्राफी तथा निर्देशन दिवश बरालले गरेका छन् ।

कास्कीको माछापुच्छे« गाउँपालिकाको लाहाचोक र मङ्की हिल हट्स एन्ड रेस्ट्रो प्रा.लि. का रमणीय स्थलमा यस म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । स्ुटडियो साउन्ड डिजाइन नक्सालमा रेकर्डिङ गरिएको यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङको काम भोला पौडेलबाट सम्पादन भएको थियो । यस म्युजिक भिडियोमा किशोर सुनार, शङ्कर सुनार र एलिसा कुँवरको मन छुने कारुणिक अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियो बडा दशैंको शुभकामनासहित विजया दशमीको दिन राजन बराल अफसियल युट्युब च्यानल (https://www.youtube.com/@rajanbaral615) बाट सार्वजनिक हुनेछ ।

https://www.youtube.com

प्रतिक्रिया