बझाङका २ सय भुकम्प पिडितलाई राहत वितरण

वीरेन्द्र रावल २०८० कार्तिक १ गते १०:५७ मा प्रकाशित

बझाङ, कार्तिक ३१ ÷ नेपालमा बाढी, पहिरो, भुकम्प जस्ता विपत्ती र महाविपत्ती आई लाग्दा भोलियन्टीयर्स क्रप्स नेपालका नामक संस्था पछिल्लो समयमा अग्रभागमा सेवाको भावनाका साथ अघि बढेको पाइएको छ ।

देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्तीमा भोलियन्टीयर्स क्रप्स नेपाल नामक संस्थाले आहतामा परेका पिडित परिवारहरुलाई राहत प्रदान गर्दै आईरहेको छ ।

यसैक्रममा गत असोज १६ गते मंगलबारका दिन भझाङ केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रका २ सय जना पिडित परिवारलाई हालै राहत वितरण गरिएको छ । रोटरी क्लव अफ काठमाण्डौ, रोटरी युएसको आर्थिक सहयोगमा र भोलियन्टीयर्स क्रप्स नेपालको संयोजनका प्रभावित परिवारलाई उक्त राहत वितरण गरिएको हो ।

भोलियन्टीयर्स क्रप्स नेपालकाका अध्यक्ष दिपक चापागाई र उपाध्यक्ष राधा मताङगीको पहलमा सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बझाङका भुकम्प प्रभावित परिवारलाई राहत वितरण गरिएको हो । सो अवसरमा २ सय जनालाई ब्लाङकेट, त्रिपाल, प्लोर म्याट, ५ बण्डल सिजिआई पाता, वितरण गरिएको संस्थाकी उपाध्यक्ष मताङगीले जानकारी दिएकी छिन् । सो अवसरमा भझाङ जिल्ला प्रशासन, शसस्त्र प्रहरी बल चैनपुर र स्थानीय पाििलकाका जनप्रतिनीधिहरुको पनि सहभागिता रहेको थियो ।

जय पृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा सबै भन्दा बढी मानिसहरु प्रभावित बन्न पुगेको बताइएको छ । पहाडी जिल्ला बझाङमा हालैको प्रल्यकारी भूकम्पले प्रताडित भएका पिडित परिवारलाई संघीय सरकार रप्रदेश सरकारले केवल आश्वासन मात्र बाँडेको बेलामा भोलियन्टीयर्स क्रप्स नेपाल नामक संस्थाले राहत वितरण गरेपछि दशैंको मुखमा प्रभावित परिवारमा केही हद सम्म भएपनि खुशीयाली छाएको पाइएको छ ।

यस अघि पनि सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, दार्चुला जिल्लामा पहिरो जाँदा भोलियन्टीयर्स क्रप्स नेपाल नामक संस्थाको पहलमा पिडित परिवारहरुलाई खाद्यान्न, लुगाकपडा,काँडाकुँडा देखि लिएर घर निर्माण गरेर समेत सहयोग पुगाइएको कुरा संस्थाकी उपाध्यक्ष मताङगीले बताएकी छिन् ।

आगमी दिनमापनि प्रभावित क्षेत्रमा आफुहले दातृ निकायको आथिृक र प्राविधिक सहयोगमा राहतका कार्यक्रमहरुलाई निरन्तर जारी राख्ने कुरा भोलियन्टीयर्स क्रप्स नेपालका अध्यक्ष दिपक चापागाईले बताएका छन् ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया