विराटनगर, २८ असोज :कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको आज शपथ ग्रहण लिनुभयो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।
यस्तै प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीको सिफारिशमा रामबहादुर राना मगर र शम्शेर राई पनि विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनियता शपथ ग्रहण गराउनु भएको प्र्रदेश प्रमुख कार्यालयका प्रवक्त्ता रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा प्रदेशका प्रमुख सचिव, प्रदेश सभाका उपसभामुख , विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सभाका सचिव, प्रदेश सांसद,सुरक्षा निकायका प्रदेशका प्रमुखहरु, सङ्घीय एवं प्रदेश सरकारका उच्च पदस्थ कर्मचारी , सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया